उठ बाबु जुरुक्क

कान्तिपुर संवाददाता

काठमाडौँ — उठ बाबु जुरुक्क । 
नरोउ सँुक्क सँुक्क ।। 
न्यानो कपडा लगाऊ ।
आच्छु चिसो भगाऊ ।। 

कति राम्रो टोपी ।
कान पुरै छोपी ।।
चिसोमा खेल्न नजानी ।
नानीको राम्रो बानी ।।
नानी बाबु मिलेर ।
घर भित्रै खेलेर ।।
बुबा ममीले भनेको ।
बाबुले सबै मानेको ।।
नानी बाबु ज्ञानी छ ।
साह्रै राम्रो बानी छ ।।
बुबु माम खानी हो ।
अनि स्कुल जानी हो ।।
स्कुलबाट आएसी ।
खाजा नास्ता खाएसी ।।
अब खेल्न जानी हो ।
ज्ञानी बाबु नानी हो ।।
झगडा नगरी खेल है ।
मिलीजुली खेल है ।।
फोहोर कपडा खोलेर ।
हातमुख धोएर ।।
सधैं होम वर्क गर है ।
नजाऊ तिमी पर है ।।
फेरि माम खानी हो ।
बाबुको राम्रो बानी हो ।।
न त कतै जानु छ ।
न त चकचक गर्नु छ ।।
अब निनी गर्नी हो ।
गुड नाइट पनि भन्नी हो ।।

राजु पोख्रेल

प्रकाशित : फाल्गुन ५, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?