१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अन्तरस्कुल महोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — एस स्कुलले अन्तर्विद्यालय महोत्सव आयोजना गरेको छ । महोत्सवमा विद्यार्थीहरूले विभिन्न स्टेज प्रस्तुति दिनुका साथै आआफ्नो प्रतिभा प्रदर्शन गरे ।

अन्तरस्कुल महोत्सव

१५ स्कुल सहभागी महोत्सवको आन्तरिकतर्फका प्रतिस्पर्धा विभिन्न विधामा छुट्याइएको थियो । कविता वाचन, वतृत्वकला, हिज्जे, हाजिरीजवाफ, पेन्टिङलगायत विधामा प्रतियोगिताहरू भएका थिए । विद्यार्थीका सिर्जना र प्रस्तुतिको मूल्यांकनका लागि हरेक विधामा विज्ञहरू बोलाइएको थियो ।


महोत्सव एउटा प्रतिस्पर्धा मात्र नभएर यसले विद्यार्थीलाई अभिव्यक्त हुने राम्रो अवसर दिएको प्रिन्सिपल एन्जिला विष्ट गिरीले बताइन् । ‘प्रतिस्पर्धीहरूले पनि एकअर्काबाट प्रशस्त सिक्ने मौका पाएका छन्,’ उनले भनिन् । महोत्सवमा सहभागी हरेक विद्यालयलाई प्रस्तुति मूल्यांकनअनुसार अंक दिइएको थियो । उच्चतम अंक पाउने स्कुललाई सर्वोत्कृष्ट घोषणा गरिएको थियो । महोत्सवका आन्तरिकतर्फका सबै विधाको प्रतिस्पर्धा एस स्कुल परिसरमै माघ २२ गते आयोजना गरिएका थिए । स्टेज प्रस्तुति र पुरस्कार वितरण कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?