कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नयाँ प्रतिभा

राजाराम पौडेल

काठमाडौँ —  
विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन न्यु ग्यालेक्सी स्टार प्रतियोगिता आयोजना गरिएको छ  । प्रतियोगितामा लिटिल स्टार र स्कुल स्टारतर्फ गरी ५१ विद्यार्थी सहभागी थिए  ।

नयाँ प्रतिभा

विद्यार्थीलाई नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी तालिम प्रदान गरी अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटनमा आयोजित फाइनलमा उपस्थित अभिभावकसमक्ष विद्यार्थीले प्रतिभा देखाए । यसबाट अभिभावक खुसी देखिए भने विद्यार्थी थप उत्साहित थिए ।


प्रतियोगिताअन्तर्गत लिटिल स्टारको ताज कक्षा ३ मा अध्ययनरत रीति शर्माले जितिन् । यो विधामा कक्षा दुईदेखि ४ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । कक्षा ४ मा अध्ययनरत सुम्निमा श्रेष्ठ फस्ट रनरअप, सोही कक्षामै अध्ययनरत सभ्यता बाँस्तोला सेकेन्ड रनरअप बने । लिटिल स्टार छात्रतर्फ कक्षा ३ मा अध्ययनरत स्वीकार पौडेलले उपाधि हात पारे । कक्षा ३ कै अंश श्रेष्ठ फस्ट रनरअप, कक्षा २ मा अध्ययनरत सुप्रिम जिसी सेकेन्ड रनरअप भए । कक्षा ३ मा अध्ययनरत आर्यमन अधिकारीले भ्युअर्स च्वाइसको उपाधि हात पारे ।


कक्षा ५ देखि ९ सम्मका विद्यार्थीका लागि आयोजित न्यु ग्यालेक्सी स्टार कन्टेस्टमा कक्षा ९ मा अध्ययनरत स्वीकृति पौडेलले न्यु ग्यालेक्सी स्टारको ताज पहिरिन् । कक्षा ९ कै रीतिमा श्रेष्ठले फस्ट रनरप, सोही कक्षाकी आयुषी कायस्थले सेकेन्ड रनरअपको उपाधि हात पारे । छात्रतर्फ कक्षा ६ मा अध्ययनरत विपिन अधिकारीले न्यु ग्यालेक्सी स्टारको उपाधि जिते । कक्षा ६ मा अध्ययनरत आस्तिक श्रेष्ठ फस्ट रनरअप, कक्षा सातमा अध्ययनरत वरुण दास सेकेन्ड रनरअप हुन सफल भए ।


कार्यक्रममा विद्यार्थीले साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत राखे । प्रतियोगिताका माध्यमबाट विद्यार्थीले आफूमा भएको प्रतिभा बुझ्ने, त्यसलाई बाहिर ल्याउने र तिखार्ने प्लेटफर्म प्राप्त गरे । अभिभावकले समेत आफ्ना बाबुनानीको क्षमता हेर्ने अवसर पाए ।

प्रकाशित : फाल्गुन १९, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?