कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हामी विद्यार्थी

कान्तिपुर संवाददाता

काठमाडौँ — कापी किताब बोकेर हामी स्कुल जाने,ताजा खाजा बनाएर आफू साथै लाने  ।

मुख्य द्वारमा हाँस्दै बस्ने हाम्रो पाले दाइ,
देख्ना साथै प्रणाम गर्छौं गुरुगुरुमालाई ।

लामबद्ध भएर राख्छौं आफ्नो सान,
साना ठूला मिलीजुली गाउँछौं राष्ट्रिय गान ।
हाँसी खुसी सबै मिली पढ्ने हाम्रो बानी,
लक्ष्य एउटै सबैको बन्ने ठूलो ज्ञानी ।

कहिलेकाहीं नाच्ने गाउने कहिले खेल्ने खेल,
मीठो बोली सबैसित गर्ने छैनौँ झेल ।
नयाँनयाँ कुरा सिक्ने हामी बारम्बार,
भोलि देश बचाउने हामी कर्णधार ।
भोलि देश बचाउने हामी कर्णधार
िकृतिका कोइराला, कक्षा–४
श्री माउन्ट मकालु आवासीय मावि, मोरङ

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?