कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रासरट फुटबल लिग

काठमाडौँ — राजर्षि गुरुकुल फुटबल टिम, भक्तपुर र नेपाल युथ प्रोगामले यस वर्षको ग्रासरुट फुटबल लिगमा प्रथम स्थान हात पारेका छन्  । आयोजक मध्यपुर ठिमी युवा संगठनका अनुसार लिगमा ६ देखि १३ वर्ष उमेरसमूहलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरिएको थियो  ।

ग्रासरट फुटबल लिग

जुनियरतर्फको खेलमा नेपाल युथ प्रोगाम दोस्रो र मध्यपुर युथ एसोसिएसन तेस्रो भएका थिए । त्यस्तै सिनियरतर्फ नेपाल युथ पहिलो, ग्ल्याडस्टोन एकेडेमी दोस्रो र नेक्सस एकेडेमी तेस्रो भए । विजयी समूहलाई मध्यपुरठिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मीले मेडल, सिल्ड तथा ट्रफी वितरण गरे । आयोजक मनोज रञ्जितका अनुसार करिब ४ सय ८० जना सहभागी प्रतिस्पर्धामा राजर्षि गुरुकुलका करणदीप श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?