१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

होली हो...

मनोज पौडेल

काठमाडौँ —  ‘होरी खेलय रघुबिरा अबधमे,केकरे हाते कनक पिच्कारीकेकरे हात अबिराअबधमे होरी खेलय रघुबिरा’८/९ वर्षअघिसम्म होलीका बेला यो गीत बालबालिकादेखि ठूलासम्मले गाउँथे  । यसलाई रघुबिरा गीत भनिन्छ  ।

होली हो...

होली आएको संकेत दिने गरी ८/१० दिनअघिदेखि नै गाउँघरमा गुन्जिने रघुबिरा पछिल्ला दिन लोप हुन थालेको भन्दै गाउँले चिन्तित छन् । हर्ष र उमंगको पर्व होलीको मौलिकता हराउँदै गएको छ । रघुबिरा सुन्न नपाउँदा होली खल्लो हुँदै गएको गाउँले बताउँछन् ।


विशेष गरी तराईका जिल्लामा होली रमाइलो बनाउन गाउँसहरका बालबालिका, युवा र बूढापाका रघुबिरा र जोगिरा लयमा गीत गाउने गर्थे । समूहमा ढोल, मुजुरा, हारमोनियम र डम्फु–झ्याली बजाउँथे । रमाइलो गर्थे । रघुबिरा र जोगिरा लयमा विभिन्न हाँसोठट्टा, छेडखानी र व्यंग्य, भजन र चुड्का पनि मिसाइएका हुन्थे । तर आजभोलि गाउँटोल, चोकबजार कहीँकतै यी लय सुनिँदैनन् । जोगिरा सुन्न नपाएर ७/८ वर्षदेखि होली खल्लो लाग्न थालेको अवधी साहित्यकार राघवेन्द्र श्रीवास्तवले बताए । उनका अनुसार रघुबिरा र जोगिरा सुन्दै शुद्ध माटो र हिलोले होली खेले भाइचारा र आपसी सद्भाव मजबुत हुन्छ । ‘पहिले–पहिले होली सुरु हुन नपाउँदै नयाँ ढोल, मुजुरा र हार्मोनियम बनाउने तथा पुरानालाई मर्मतसम्भारको चटारो हुन्थ्यो,’ यशोधरा गाउँपालिका, सिहोखोरका ५५ वर्षे सजन धोबीले भने । उनी १० वर्ष अघिसम्म होलीका बेला रघुबिरा र जोगिरा गाएरै ६ महिनाको खर्च धान्थे । तर अब स्थानीय स्तरमा जोगिरा लोप हुँदै गएको उनले बताए । एफएम र टेलिभिजनबाटै यी गीत प्रसारण हुने भएकाले भर्खर सिक्दै गरेकाहरू विस्थापित हुँदै छन् । जोगिरा गाउन धेरै मिहिनेत गर्नुपर्छ । एफएमबाट सजिलै सुन्न सकिने भएकाले सबै जना त्यतैतिर आकर्षित भएका छन् । तर, गाउँघरमै गाएको जस्तो आनन्द एफएमबाट नहुने धोबीले बताए ।


जोगिरा सुन्न पहिले–पहिले टाढाटाढाबाट साथीभाइ इष्टमित्र आफ्नो घर आउने गरेको वसन्तपुरका कैलाशनाथ मिश्र सुनाउँछन् । गीतमार्फत एक अर्काका खुसी र पीरमर्का साटासाट गरिन्थे । ‘खुसीका साथ रङ र अबिर खेलेर फेरि घर फर्कन्थेँ,’ उनले भने । रघुबिरा र जोगिरा नगाइँदा अहिले गाउँघर, सहरबजार र चोक सुनसान छन् । होली आएको संकेत पाउनै छाडिएको मिश्रको अनुभव छ । जोगिरा गाउँदै मनाइने होलीको मज्जा नै अर्कै रहेको महाराजगंज नगरपालिकाका नरसिंह कुर्मी बताउँछन् । जोगिराले दुःख पीडामा मलम लगाउने भएकाले तराईको महत्त्वपूर्ण परम्परा लोप हुन नदिन सबै लाग्नुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?