२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

होलीका विकृति

काठमाडौँ — होली फागुन शुक्ल पूर्णिमाका दिन पर्दछ  । यो रङहरूको चाड भनेर पनि चिनिन्छ  ।

फागु पूर्णिमा अर्थात् होली परापूर्वकालदेखि चलिआएको पर्व हो । नेपाल अनि भारतका हिन्दु धर्मावलम्बीले मनाउने यो चाडको छुट्टै महत्त्व छ । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लाद र होलिकाको कथा होली पर्वसँग जोडिन्छ । प्रह्लादलाई उनकी फुपू होलिकाले जलाउन खोज्दा आफैं भष्म हुन पुगेकी थिइन् । विष्णुका ठूला भक्त भएकैले प्रह्लाद जोगिएका थिए । त्यही खुसियालीमा होली पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।


होली पहाडदेखि गाउँबेसी, सहरबजार सबैतिर मनाइन्छ । यस दिन आपसी मनमुटाबहरू बिर्सिई सुखदुःख साटासाट गरिन्छ । एकआपसमा रङहरू दलेर, लोला हानेर होली मनाइन्छ । पौराणिक कथनअनुसार होलीको अघिल्लो साँझ होलिका दहन गर्ने र बिहान भएपछि होली खेल्ने चलन थियो । यसमा केटाकेटी, युवा, वृद्धवृद्घा सबै मिलेर एकअर्कालाई रंग लगाइदिन्छन् । मिठोमिठो परिकार बनाएर खान्छन् ।


नेपालमा काठमाडौंको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होलीको औपचारिक सुरुआत हुन्छ । तीनतले चीरलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । उक्त चीर होली अन्त्यसँगै टुँडिखेलमा विसर्जन गरिन्छ । होलीका रङहरूको पनि छुट्टाछुट्टै महत्त्व छ । नीलो रङले मानवता र धैर्य जनाउँछ भने पहेंलो श्रीकृष्णको प्रिय रङ मानिन्छ । रातो रङ सौभाग्यका रुपमा प्रयोग हुन्छ । होली मनाउने नाममा आजभोलि विभिन्न विकृति पनि देखा पर्न थालेका छन् ।


काममा निस्केका पैदल यात्रीलाई जथाभावी लोला हान्ने, फोहोर पानी छ्याप्ने, होली खेल्ने ध्याउन्नमा होस नपुर्‍याउँदा छतबाट लडेर मृत्युसम्म भएका घटना सुनिँदै आएको छ । जाँडरक्सी खाएर होहल्ला गर्ने, जुवातास खेल्ने र अरुलाई बिनाकारण दुख दिने काम कसैले पनि गर्नु हुँदैन । पवित्र पर्व होलीलाई सभ्य र शिष्टतासाथ मनाउनुपर्छ ।
श्वेता कोइराला, कक्षा–७
अक्षरा स्कुल, काठमाडौँ

प्रकाशित : चैत्र ३, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?