रिलायन्समा अभिभावक दिवस

काठमाडौँ — रिलायन्स इन्टरनेसनल एकेडेमीको १८औं अभिभावक दिवसमा विद्यार्थीले प्रतिभा प्रदर्शन गरेका छन्  । फागुन २५ मा भएको कार्यक्रममा उनीहरूले सांस्कृतिक कार्यक्रम, नाटक, योग तथा संस्कृत र चिनियाँ भाषामा विशेष प्रस्तुति दिए  ।

रिलायन्समा अभिभावक दिवस

शिवहरि पौड्याल, ज्ञानु राणा, सुजाता बर्मालगायत कलाकारको प्रस्तुतिले कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएको थियो । ओलम्पियन पुष्पराज ओझा, नेपाली राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठ, रामप्रसाद मैनाली, समाजसेवीहरू नवीन पाण्डे, मिठाराम अधिकारीलगायत उपस्थित कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।


खेलकुद सप्ताहका विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी एवं प्रमाणपक्र वितरण गरिएको थियो । कार्यत्रममा प्रमुख अतिथि र अतिथिलाई रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रवीन्द्रजंग थापा र विद्यालयका प्रिन्सिपल खेमलाल झुसालले मायाको चिनो हस्तान्तरण गरेका थिए ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?