कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१८३ प्रतिभा पुरस्कृत

काठमाडौँ — हिमाल ऐकेडेमीले खेलकुदमा विजयी र कक्षाका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ  । भक्तपुरको गुण्डुस्थित विद्यालयमा आयोजित समारोहमा खेलकुदका विभिन्न विधामा विजयी १ सय ८३ विद्यार्थीलाई पुरस्कृत गरिएको हो  ।

१८३ प्रतिभा पुरस्कृत

ती विद्यार्थीलाई चलचित्र निर्देशक मदन घिमिरे, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र वडा ७ गुण्डुका अध्यक्ष रवीन्द्र सापकोटाले ट्रफी वितरण गरेका थिए । त्यस क्रममा गत एसर्ईई परीक्षा उत्तीर्ण गरेका ३५ जना र वर्षका सर्वोत्कृष्ट १४ विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।


समारोहमा विद्यार्थीको नृत्य, गीत, नाटक र फेसन सो पनि प्रस्तुत गरिएको थियो । राष्ट्रिय कराते महासंघका रेफ्री तथा भक्तपुर जिल्लाका मुख्य प्रशिक्षक सानुकाजी नगरकोटीले मार्सलआर्टका विद्यार्थीलाई काँटा प्रस्तुत गर्न लगाएका थिए । त्यस क्रममा मेयर थापाले संस्थागत र सामुदायिक दुवै खाले विद्यालयलाई सँगसँगै अघि बढाउने नीति नगरपालिकाले लिएको बताए । वडाध्यक्ष सापकोटाले संस्थागत विद्यालयबाट दिइने छात्रवृत्ति स्थानीयले नै पाउनुपर्ने बताए । व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापा र सह–प्रिन्सिपल प्रदीप थापाले कम शुल्कमा अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा दिलाउनु हिमाल ऐकेडेमीको मुख्य उद्देश्य रहेको बताएका थिए । सह–प्रिन्सिपल थापाले प्रमुख अतिथि र अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित : चैत्र १०, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?