कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पढाइ नाच र बाजाको

लीला श्रेष्ठ

काठमाडौँ — यो पल्ट हामी पढाइको कुरा गरौं  । पढाइ पुस्तकको मात्र हुँदैन  ।

पढाइ नाच र बाजाको

कला, संस्कृति, नाच र बाजाको पनि हुन्छ । भक्तपुरका स्कुलले अचेल मौलिक नाच र बाजा बजाउने कला पढाउने गरेका छन् । आऊ, कला र संस्कृतिको सहर भक्तपुर पुगौं, जहाँ विद्यार्थी साथीहरू महाकाली, महालक्ष्मी, कुमारी, बेत्ताल, ख्याक, कवां, जंगली, भूतभैरव, सिंह, सिंहजो र दैत्य नाचहरू पढ्दै छन्/सिक्दै छन् । धिमे, बाँसुरी, धाँजस्ता मौलिक बाजाहरूमा पोख्त बन्दै छन् । कस्तो छ त उनीहरूको पढाइ र सिकाइ ?

क्तपुर यालाछेंकी ११ वर्षीया सौभाग्य कोजू दी राइजिङ सेकेन्डरी स्कुल याछेंमा कक्षा ५ मा पढ्छिन् । उनी स्कुलमा किताब मात्र पढ्दिनन्, मौलिक नाचमा समेत दख्खल छिन् । ८ वर्षको उमेरदेखि नेवार संस्कारको परम्परागत महाकाली नाच (प्याखः) अन्तर्गत ख्याक बनेर नाच्ने सौभाग्य अहिले कवांको भूमिकामा नाच्छिन् । ‘स्कुलमा दाइहरू नाचेको देखेर देवीनाच सिक्ने इच्छा आयो,’ उनले भनिन्, ‘ऐतिहासिक, सांस्कृतिक महत्त्वको मौलिक नाचमा धेरैको रुचि बढेको छ, मेरो पनि बढ्यो ।’


इनाचोकी १३ वर्षीया सबेरा बुद्धाचार्य मौलिक नाचकी उत्कृष्ट कलाकार हुन् । भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष गाईजात्राको अवसरमा मौलिक बाजा, नाचलगायत प्रतियोगिता गराउँदै आएको छ । उक्त प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत सबेरा सधैं उत्कृष्ट कलाकारका रूपमा छानिन्छिन् । स्कुलमा ४ वर्षदेखि निरन्तर परम्परागत महाकाली नाचअन्तर्गत इन्द्र बनेर कलाकारिता देखाउँदै आएकी सबेरा हाल महाकालीको रूप धारण गर्छिन् । ‘अन्य आधुनिक नाचमा मनोरञ्जन मात्र हुन्छ,’ उनले भनिन्, ‘मौलिक नाचमा मनोरञ्जनसँगै हाम्रो पहिचान लुकेको हुन्छ ।’ स्कुलले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको मौलिक बाजा, नृत्य लगायतलाई महत्त्वका साथ बालबालिकालाई सिकाएको उनले बताइन्् ।


कक्षा ७ मै अध्ययनरत इनाचोकी १३ वर्षीया सृज्जा शाक्यले ८ वर्षको उमेरमा भूतभैरवको पहिरनमा नृत्य गरिन् । उनी अहिले महालक्ष्मीको मुकुन्डो लगाएर महाकाली नृत्य गर्छिन् । ‘पढाइ त छँदै छ, संस्कृति जोगाउने मौका पनि पाएका छौं,’ उनले भनिन्, ‘दाफा भजन, नृत्य, वाद्यवादनलाई स्कुलले ऐच्छिक क्रियाकलापका रूपमा महत्त्व दिएको छ ।’ गुरुले नृत्य सिकाउने र मौलिक संस्कृतिको महत्त्व बुझाउने गरेको उनले बताइन् ।


बाबुबाजेले परम्परा धान्नका लागि बजाउने बाजा, चाडपर्वमा गरिने नृत्य (प्याखं) सौभाग्य, सुबेरा, सृज्जालगायतले स्कुलमा सिक्ने मौका पाएका छन् । ‘सुरुसुरुमा कला–संस्कृति बचाउनुपर्छ भन्ने थिएन, चलनचल्तीका रूपमा मात्र थियो,’ महाकाली नाचका प्रशिक्षक मुक्तिसुन्दर जधारीले भने, ‘अमूर्त सम्पदाको पनि मूर्त सम्पदाझैं महत्त्व छ । सोही अमूर्त सम्पदालाई बचाउन स्कुलहरूले ऐच्छिक क्रियाकलापका रूपमा बालबालिकालाई सिक्ने अवसर दिएका छन् ।’


पछिल्लो समय मौलिक नाच र वाद्यवादनमा विद्यालय तहदेखि युवा पुस्ताको आकर्षण र सहभागिता बढ्दो छ । परम्परागत नाच, धिमे, बाँसुरी, धाँ बाजा सिक्ने/फढ्नेको संख्या बढ्दो छ । स्कुलले स्थानीय मौलिक वाद्यवादन, गीतसंगीत र नृत्यलाई विद्यार्थीको अतिरिक्त त्रियाकलापका रूपमा सिकाउन थालेका छन् । विभिन्न भक्तपुरमा स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार गरी मौलिक भाषा, संस्कृति, बाजागाजा, नृत्य, जात्रा, स्थानीयस्तरमा उत्पादित खाद्यान्न लगायत विभिन्न विषयलाई स्कुलहरूमा पढाउन लगाउने गरेको दी राइजिङ स्कुलका संस्थापक कपिल बनेपालीले बताए ।


इन्दिरा लाछिमस्यू मौलिक बाजाहरू नौबाजा, धिँमे, धाँलगायत विद्यार्थीलाई सिकाउँछिन् । एभरेस्ट इंग्लिस सेकेन्डरी स्कुल र श्री ब्राह्मायणी आधारभूत विद्यालयमा उनी स्थानीय पाठ्यक्रम अध्यापन गराउँछिन् । बाजासँगै प्याखः (नाच) सिकाउँछिन् । मुक्तिसुन्दरले महाकाली नाच (देवी प्याखः) सम्बन्धी पुस्तकसमेत प्रकाशित गरेका छन् । लोपोन्मुख प्याखःको इतिहास, कला र संस्कृतिको जगेर्नाका लागि ग्रन्थका रूपमा प्रकाशन गरेको उनले बताए । देवी प्याखःमा १७ देवगण आवश्यक पर्छ । उनले सिकाएरै महाकाली, महालक्ष्मी, कुमारी १/१, बेत्ताल–३, ख्याक, कवां, जंगली, भूतभैरव २/२, सिंह, सिंहजो र दैत्य गरी १७ देवगणको तीन समूह तयारी अवस्थामा राखेका छन् । केही वर्षयता विभिन्न सांस्कृतिक कार्यक्रममा देवी प्याखः प्रदर्शन गरिँदै आएको छ ।
-लीला श्रेष्ठ

प्रकाशित : चैत्र २४, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?