ज्ञानी नानी

काठमाडौँ — बिहानै उठी पँधेरोमा आमासगैँ जान्छुमैले पनि साबुनपानीले हात मुख धुन्छुबुबासगैँ बसेरे चियारोटी खान्छुपुस्तक हातमा लिएर सधैँ पढ्न बस्छु

ज्ञानी नानी

नआएको सबै कुरा
आमाले सिकाउँछिन्
काखमा राखी हजुरआमाले
पढ्न उक्साउँछिन्
बजारबाट बाबाले
चिचिपापा ल्याउनुहुन्छ
हजुरबाले चकलेट दिँदै
मलाई माया गर्नुहुन्छ

दाजुसँगै म पनि
सधैँ स्कुल जान्छु
गुरुहरूले भनेको
सबै कुरा मान्छु
गृहकार्य नगरेको
कहिले हुन्न दिन
बिदा हुँदा आउनुहुन्छ
हजुरबा लिन

राति सधैँ ठीक समयमा
आमासँगै सुत्छु म
पढ्न लेख्न भनेर
सबेर नै उठ्छु म
हिमालको फेदमुनि
बस्ने सानी नानी
सबैले भन्छन् मलाई
नानी कति ज्ञानी १

देवसिंह माली
कञ्चनपुर

प्रकाशित : वैशाख १, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?