नयाँ वर्ष

काठमाडौँ — नयाँ वर्ष आउँदा मीठा कुरा खाइन्छ,बजार मेला गइन्छ नयाँ गीत गाइन्छ  ।

नयाँ वर्ष

नयाँ कक्षा चढिन्छ
नयाँ किताब पढिन्छ,
ज्ञानीगुनी भएर
अझै धेरै बढिन्छ ,

साथीभाइ सबैको
शुभकामना पाइन्छ,
खुसी भई बाँच्नलाई
खुसी नै त चाहिन्छ ।

नयाँ ठाउँ घुमिन्छ
नयाँ साथी भेटिन्छ,
माया गर्ने जतिको
मनमै नाम लेखिन्छ ।

नयाँ नयाँ योजना
आजैदेखि खोजिन्छ,
नयाँ नयाँ विकल्प
आजैदेखि रोजिन्छ ।

साथी जम्मा भइन्छ
रमाइलो गरिन्छ,
हाम्रोजस्तै रमाइलो
जताततै छरिन्छ ।

इन्द्रकुमार श्रेष्ठ
काठमाडौं

प्रकाशित : वैशाख ८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?