कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पानी सुक्तै गयो है...

फेरि उदास बन्नुभोमनमनै के गन्नुभोआज पनि कुरा त्यै हजुरबाले भन्नुभो–

पानी सुक्तै गयो है...

‘उत्तिसिनी वनको
पुछारमा कुवा थ्यो
जोर सिमलको फेदमा
कत्ति ठूलो धारा थ्यो

खेत वनको पुछारमा
धान रोपिन्थ्यो हतारमा
एक दुई गरा बिराई
मूल पलाउँथ्यो असारमा

कोप्चेपानी हरायो
खिर्रापानी हरायो
पानी छैन कहीं पनि
यस्तो केले गरायो १

जाँगरिलो भएर
निकै टाढा गएर
पानी ल्याउँछौं एक गाग्री
त्यतिले के हुन्छ र १

मुहान किन मासियो १
पानी किन भासियो १
अब केके गरेमा
आउँछ फेरि माथि त्यो १

लौन १ सोच्नैपर्ने भो
जुक्ति खोज्नैपर्ने भो
पानी सुक्तै गएमा
यो सृष्टि नै मर्ने भो ।

इन्द्रकुमार श्रेष्ठ
कमला कुञ्ज, ओखलढुङ्गा

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?