घाम जून

कान्तिपुर संवाददाता

कति राम्रो घाम तिमीबिहान उदाउनेतारा र जूनलाई तिमीले लुकाउने मलाई पनि तिमीजस्तै

चम्कन मन लाग्यो
तिमीलाई देखेपछि
तारा पनि भाग्यो
अँध्यारोलाई हटाउने
कति राम्रो जून
हामी पनि सिकौं साथी
जूनजस्तै हुन

प्रजक्ता मैनाली, कक्षा–६
भ्याली भ्यु स्कुल, काठमाडौं

Citizen

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आमा

कान्तिपुर संवाददाता

आमा तिमीले नौ महिना कोखमा राख्यौ मलाई, धेरै दुःखकष्ट सह्यौ नभनीकन कसैलाई  ।

आमा म तिमीलाई धेरै माया गर्छु,
तिमीले भनेका कुरा पूरा गर्न खोज्छु।

आमा मलाई थाहा छ धेरै माया गर्छ्यौ,
राम्रो पढ भनेर पटकपटक भन्छ्यौ।

आमा तिमीले देखायौ मलाई यो संसार,
त्यसैले तिम्रो महिमा छ अपार।

आमा तिमीले मलाई दियौ यतिको ज्ञान,
त्यसैले म गर्छु तिम्रो सधैं सम्मान।


निबा मिश्र, कक्षा–५
प्यारागन पब्लिक स्कुल, काठमाडौं

प्रकाशित : वैशाख २२, २०७६ १२:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT