कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जंकफुड

कृष्णगोपाल श्रेष्ठ

नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिन स्कुलमा सबै विद्यार्थी उपस्थित थिए  । आफू नयाँ कक्षा चढ्दाको पहिलो दिन सबै उत्सुक र उत्साहित थिए  ।

जंकफुड

नयाँ झोला, नयाँ किताब, नयाँ कापीकलम, नयाँ कक्षाकोठामा पढ्न पाउँदा कसलाई रमाइलो लाग्दैन र ?


विनिशा कक्षा तीनबाट प्रथम भएर कक्षा चारमा गएकी थिइन् । पहिलो दिन स्कुल जाँदा पहिलेको भन्दा उत्साहित थिइन् । तर कक्षामा पुग्नासाथ उनलाई नराम्रोसँग पेट दुख्यो । उनले आफ्नी साथी प्रियालाई बताइन् । कक्षामा हाजिरी कापी लिएर गुरुआमा आउनुभयो । सबैले अभिवादन गरे । प्रियाले विनिशालाई पेट दुखेको कुरा बताइदिइन् । उनी डेक्समा टाउको अड्याएर बसेकी थिइन् ।


‘साह्रै गाह्रो भएको भए भन म मम्मीलाई फोन गरिदिन्छु,’ गुरुआमाले भन्नुभयो । ‘हुन्छ’ भनेर विनिशाले टाउको हल्लाइन् । गुरुआमाले विनिशाको मम्मीलाई बोलाइदिनुभयो । विनिशा घर जाने मन नहुँदानहुँदै घर गइन् । स्कुल सञ्चालन भएको पहिलो दिनमै आफू बिरामी परेकोमा विनिशालाई दिक्क लाग्यो । तर दिक्क मानेर के गर्नु ? हुने कुरा त भइहाल्यो । अब समस्याको समाधान पो खोज्नु पर्‍यो त ।
त्यसपछि विनिशालाई मम्मीले हस्पिटल लैजानुभयो । हस्पिटलमा उनलाई डाक्टरले चेक गर्नुभयो । आँखा हेर्नुभयो । नङ हेर्नुभयो । पेटमा स्टेथेस्कोप लगाएर हेर्नुभयो र सोध्नुभयो, ‘नानीले केके खाने गरेको छ ?’


विनिशा घोसेमुन्टो लाएर बसिन् । उनको सट्टा मम्मीले नै उनको असाध्यै मन पर्ने खानेकुराको लिस्ट बताउनुभयो, ‘चाउचाउ, कुरकुरे, दुनट, चटपट, अमिलो, दालमोठ, कोक, फ्रुटी, पोट्याटो चिप्स आदि उनलाई असाध्यै मनपर्छ । यीबाहेक अन्य खानेकुरा त विनिशालाई पटक्कै मन पर्दैन ।’ यी सब कुरा सुनेपछि डाक्टरले मम्मीलाई पनि गाली गर्नुभयो, ‘यी सब चिज ल्याइदिनेचाहिँ को नि ?’


मम्मी त्यसपछि चुप । डाक्टरले विनिशालाई सम्झाउँदै भन्नुभयो, ‘हेर नानी १ यी सब ड्राइफुडहरू पटक्कै खानु हुँदैन, बुझ्यौ । त्यसैले त तिमीलाई पेट दुखेको हो नि ।’ फेरि भन्नुभयो, ‘हाम्रो शरीरलाई सन्तुलित खाना आवश्यक पर्छ । सन्तुलित खानाले मात्र हाम्रो शरीरमा चाहिने पौष्टिक तत्त्व दिन्छ । सन्तुलित खाना भन्नाले दाल, भात, रोटी, फलफूल, तरकारी, हरियो सागपात, मकै, भटमास, चना, बोडी आदि हुन् । यी सबै कुरा हाम्रै घरमै पाइन्छन् । ताजा पनि हुन्छन् । यीबाहेक ड्राइफुडहरू धेरै समयअघिदेखि प्याकिङ हुन्छन् । सडेगलेका पनि हुन्छन् । यस्ता सडेगलेका कुरा खाएमा हामीलाई रोग लाग्छ । रोग लागेपछि सोचेजस्तो काम गर्न सक्दैनौँ । त्यस्ता खानेकुराले हाम्रो शरीरको हड्डी कमजोर बनाउँछ । सोच्ने शक्ति कमजोर बनाउँछ । अल्छी बनाउँछ । आँखा पनि कमजोर बनाउँछ ।’ डाक्टरले सोध्नुभयो, ‘यसरी आफूलाई कमजोर बनाउने कुरा अबदेखि खाने कि नखाने ?’


‘नखाने,’ विनिशाले भनिन् । डाक्टरले औषधि लेखिदिनुभयो र भन्नुभयो, ‘पानी प्रशस्त पिउनु ल ।’ विनिशालाई आफूले यस्ता चिजहरू खाएकोमा पछुतो पनि लाग्यो । अबदेखि यस्ता ड्राइफुड खान त के, छुन पनि नछुने र साथीभाइलाई पनि खानु हुँदैन भनेर बताउने प्रण गरिन् ।
आमाले औषधि लिनुभयो र दुवै घर फर्किए ।

सरस्वती श्रेष्ठ सरु

प्रकाशित : वैशाख २२, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?