कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिनयमा जमेका कुशाग्र

 काठमाडौं कोटेश्वरका कुशाग्र भट्टराई १० वर्षका भए  । सानै उमेरमा उनी सबैसामु परिचित छन्  ।

अभिनयमा जमेका कुशाग्र

जब टेलिभिजन र फिल्मको पर्दामा देखिन थाले, तब चिन्ने दर्शक बढे । तीन वर्षकै उमेरदेखि टेलिभिजनको पर्दामा देखिन थालेका कुशाग्रले ६ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।


तीन वर्षको हुँदा उनले जगदम्बा ओपीसी सिमेन्ट तथा पशुपति बिस्कुटको टीभीसीमा मोडलिङ गरेका थिए । शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलमा कक्षा ५ मा अध्ययनरत कुशाग्रले म्युजिक भिडियोमा पनि अभियन गरेका छन् । गायिका जुना प्रसाईंको स्वर रहेको ‘हाँस भने...’ गीतमार्फत पहिलो पटक म्युजिक भिडियोमा देखा परेका उनले आधा दर्जन म्युजिक भिडियो खेलिसकेका छन् । बेलाबेलामा र्‍याम्प फेसन सोमा क्याटवाक गर्दै दर्शकमाझ देखा पनि पर्छन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको छोटो फिल्म ‘ओ माई म्यान’ बाट उनी ठूलो पर्दामा देखिन थालेका हुन् ।


सानै उमेरमा राम्रो अभिनय गरेको भन्दै लामिछानेले नै ‘लम्फू’ फिल्ममा बाल कलाकारको रूपमा उनैलाई दोहोर्‍याए । हिमाल केसीले निर्देशन गरेको ‘पिँजडा ब्याक अगेन’ र ‘कोहलपुर एक्सप्रेस’ मा पनि अभिनय गरे । ‘पिँजडा ब्याक अगेन’ बाट उत्कृष्ट बाल कलाकारको रूपमा डी सिने एवार्ड– २०७५ हात पारे । यही फिल्मबाट कामना फिल्म अवार्ड २०७५ पाउन सफल भए । झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर–३’ मा पनि उनले अभिनय गर्ने अवसर पाए ।
उनले अभिनय गरेको अर्को फिल्म ‘मारुनी’ प्रदर्शनको तयारीमा छ । फिल्म सुटिङका क्रममा उनले धेरै जिल्ला घुम्ने अवसर पाए । ठाउँ देखे । साना साथीहरू भेटे । सँगै फोटो खिचाए । नेपालगन्ज, कोहलपुर, पर्वत, पाल्पा, बुटबल पुगे । सबै ठाउँ राम्रो लाग्यो ।


‘राम्रो कलाकार बन्न मन छ,’ उनी भन्छन् । कुशाग्रलाई उनी अध्ययनरत स्कुलले कक्षा १० सम्म नै छात्रवृत्ति दिएको छ ।
विमल खतिवडा

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?