बुद्ध र शान्ति

मायादेवी थिइन् आमापिता थिए शुद्धोधन,जन्मी लुम्बिनीमा बुद्धध्यानमा लगाए मन  ।

बुद्ध र शान्ति

त्यागी श्रीमती र छोरा
मध्यरातमा घर छाडे,
बोधगयामा पाई ज्ञान
सारनाथमा पुगी बाँडे ।

कुशीनगरमा पुगेपछि
भयो उनको देहावसान,
शान्तिका दूत बुद्धको
विश्वले गर्दछ सम्मान ।

ज्ञान पाएर बुद्धको
भए लाखौं अनुयायी,
बुद्धका अर्ती–उपदेश
छन् सबलाई फलदायी ।

सविना गुरूङ, कक्षा–४
भूपू सैनिक स्कुल, धरान

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?