कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

फुटबलसँग रमाउँदै

 
विद्यालय उमेरका बालबालिकालाई शनिबारको महत्त्व र प्रतीक्षा विशेष खालको हुन्छ  । विद्यालय जान नपर्ने  ।

फुटबलसँग रमाउँदै

अनि बिहान चाँडै उठ्न पनि नपर्ने । तनहुँको दमौलीस्थित बाराही आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत कृष्ण पन्थ र रामज्योति सेकेन्डरी स्कुलकी छात्रा सुजता पुरी भने शनिबार बिहानै उठ्न हतारिन्छन् । कृष्ण भन्छिन्, ‘फुटबल खेल निकै मन पर्छ, शनिबार बिहान साथीहरूसँगै फुटबल खेल्न/सिक्न पाइन्छ, त्यसैले शनिबारको बिहानी कहिले आउलाजस्तो लाग्छ ।’ फुटबल मन पराउने कृष्ण र सुजता शनिबार बिहानै उठेर फुटबल खेल्न दमौलीस्थित खुला चौरमा आइपुग्छन् । चौरमा अन्य साथीहरू बिहान सात नबज्दै फुटबल सुज र स्पोर्टस् ड्रेसमा आइपुग्छन् ।


पुरी भन्छिन्, ‘फुटबल खेल्दा शारीरिक तन्दुरिस्ती हुन्छ । अनुशासनमा बस्ने बानी पर्छ, साथीहरू चिनजानको अवसर मिल्छ ।’ उनीहरूजस्तै करिब ४० बालबालिकालाई शुक्रबार र शनिबार एन्फा रेफ्री इन्द्र गुरुङले फुटबलको आधारभूत प्रशिक्षण दिँदै आएका छन् । गुरुङ भन्छन्, ‘एन्फा तनहुँको आवश्यक सहयोगमा बालबालिकालाई फुटबल खेलको महत्त्व र खेल्ने कला सिकाउँदै भविष्यमा उत्कृष्ट खेलाडी बनाउने लक्ष्य छ ।’ तनहुँमा व्यवस्थित खेलमैदान नहुँदा खेलकुदका गतिविधि भने नियमित सञ्चालन हुन सकेका छैनन् ।


सम्झना रसाइली

प्रकाशित : जेष्ठ १९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?