१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साना–साना हातले

साना–साना हातले, कुची समाउँछौं, राम्रो चित्र बनाई, कोठा सजाउँछौं  ।

साथी–साथी मिलेर, पढ्छौं किताब,
गल्ती हामी गर्दैनौं, गर्छौं हिसाब ।
हातेमालो गरेर, हिँड्छौं अगाडि,
उन्नतिमा जुट्नुछ, हुन्नौं पछाडि ।

मीठो–मीठो बोलेर, मन जित्नुछ,
अघि बढ्छ समय, राम्रो चिन्नुछ ।
को हो आफ्नो पराई, हामी मान्दैनौं,
भेदभाव सहन, हामी जान्दैनौं ।

साना–साना हातले, कुची समाउँछौं,
राम्रो चित्र बनाई, कोठा सजाउँछौं ।

डा. मुकुन्द पथिक

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?