चित्र बनाउन ५६ स्कुलको जमघट

चित्र कोर्ने हुटहुटी  । उत्कृष्ट चित्र बनाउने रहर  ।

चित्र बनाउन ५६ स्कुलको जमघट

५६ विद्यालयका १ सय ५ विद्यार्थीको प्रतिस्पर्धा । कास्की जिल्लाका यी विद्यार्थी गत मंगलबार एकै थलोमा जुटेका थिए– पोखरा मासबारस्थित मदरल्यान्ड माविमा । रजत जयन्ती वर्षका अवसरमा विद्यालयले गरेको थियो चित्रकला प्रतियोगिता । तोकिएको १ घण्टा ४५ मिनेट अवधिमा विद्यार्थीले बालबालिका, शिक्षा र विद्यालयसम्बन्धी विषयका चित्र कोरे । प्रतियोगिताको उपाधि गिरी स्पाइरल ग्यालेक्सी मावि कक्षा १० की स्मृति गिरीले जितिन् । केफ माविका सन्तोष भट्टराई द्वितीय र सृजना माविका संगम पौडेल तृतीय भए । शिशु निकेतन माविकी मुस्कान गुरुङलाई सान्त्वना र शिशु कल्याण माविकी सब्रिना परियार गुरुङलाई प्रोत्साहन पुरस्कार दिइयो । चित्रकारहरू गोपाल श्रेष्ठ, सुनील सिग्देल र झपीन्द्र गुरुङले विद्यार्थीले बनाएको चित्रको मूल्यांकन गरेका थिए । कार्यक्रमका अतिथि कार्टुनिस्ट दुर्गा बराले विद्यार्थीको प्रयास प्रशंसनीय भएको बताए ।

राजाराम

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?