कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असारे झरी

बादल ओढी आएछ असार अँध्यारो बाटोमा,सुकेका बोट हरिया पार्न धर्तीको माटोमा  ।

स्वागत गर्छन् गाएर गीत
कोइली चरीले,
पहाड मधेस हरिया हुन्छन्
असारे झरीले ।

आकाशे भेल पानीको खेल
देखिन्छ गाउँमा,
खोला र नाला झरना ताल
छ ठाउँ ठाउँमा ।

भ्यागुता पाहा पौडेर निस्के
खेतको आलीमा,
इन्द्रेणी टुक्रा झिकेर यौटा
रङ छर्न बालीमा ।

फुल्दैन फूल असार आई
नझरे वनमा,
झुल्दैन बाली नसरे असार
माटोको मनमा ।

सिकायो कसले असारलाई
आएर दर्किन,
मुर्झाइएका प्राणमा पानी
ल्याएर छर्किन ।

अनौठो लाग्छ सृष्टिको स्वरूप
देखेर मलाई,
असार महिना आएर जान्छ
गरेर भलाइ ।

शान्ति सापकोटा
धोबीघाट, ललितपुर

प्रकाशित : असार २२, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?