राजकीय रोपाइँ

कान्तिपुर संवाददाता

प्राचीन तिलौराकोट शाक्य वंशीय राजधानी हो  । यो कपिलवस्तु नगरपालिका ३ मा पर्छ  ।

भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी थियो । राजकुमार सिद्धार्थ यही हुर्किएर २९ वर्ष बिताएका थिए । त्यही ठाउँमा बुद्धकालमा २६ सय वर्षअघि राजा शुद्धोधनकालमा हुँदै आएको परम्परालाई निरन्तरता दिन गत साता राजकीय रोपाइँ मंगलोत्सव गरियो । कृषि मन्त्री चक्रपाणि खनालले चिरिच्याट्ट सिंगारिएको गोरु र सुनजस्तै देखिने सुनौलो रंगले रंग्याइएको हलो जोतेर सुरुवात गरे । बाजागाजा र लावालस्करसहित मन्त्री खेतमा पुगेका थिए । लुम्बिनी विकास कोष उपाध्यक्ष भन्ते अवधेशकुमार त्रिपाठीले शील पाठ गरेर धानको बीउ प्रदान गरे । यसपछि मन्त्री, प्रदेशसभा सांसद र पूर्व सांसदलगायत स्थानीय बासिन्दाले धान रोपे । अन्यले धान रोपिरहँदा मन्त्री खनालले हलो जोतिरहेका थिए । असारे भाकाको गीतमा उनी नाचे पनि । मन्त्रीलाई रोपाहारले हिलोको टीका लगाएर शुभकामना आदानप्रदान गरे । हिलो छ्यापाछ्याप गरे । लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते त्रिपाठीले भने, ‘२६ सय वर्षअघिको राजकीय परम्परा जोगाउन रोपाइँ मंगलोत्सव गरिएको हो ।’


मनोज पौडेल/कपिलवस्तु

प्रकाशित : असार २२, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

आश्रममा कविता

कान्तिपुर संवाददाता

काठमाडौंको बूढानीलकण्ठ आश्रम स्कुलले विद्यार्थीबीच प्रतियोगितात्मक कवि गोष्ठी गरेको छ  ।

३६ विद्यार्थीले प्रतिस्पर्धा गरेको गोष्ठीमा कक्षा ८ की श्रेणा भण्डारी प्रथम, कक्षा १० का सुनिल धामी द्वितीय र कक्षा ८ का निश्चल न्यौपाने तृतीय भए भने कक्षा ८ कै मनीषा भट्टले सान्त्वना पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा प्रमुख अतिथि कवि ब्रहृमप्रिय प्रेमस्वरूप, प्राचार्य गुन्जन ब्रहृमचारी, शिक्षकहरू मिठ्ठु रावल, रामराज पुडासैनी, कपिल भण्डारी र पुष्पराज अधिकारीले आआफ्ना सिर्जना प्रस्तुत गरे । उनीहरूले विद्यार्थीलाई कला साहित्य क्षेत्रमा अघि बढन सुझाव दिएका थिए ।

प्रकाशित : असार २२, २०७६ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्