असारको दिन

कान्तिपुर संवाददाता

असारको दिनपानी छिनछिन्,छाता ओढी ओढीपढ्न लेख्न हिँड  ।

पानी पर्छ झर्झर
पात हल्लियो फर्फर,
सबै गए चाँडै
आफ्ना आफ्ना घरघर ।

गीत मीठो पानीको
कुरा मीठो सानीको,
ताली मीठो परर
साना बाबु नानीको ।

साकृत सिग्देल
डियरवाक सिफल स्कुल, काठमाडौं

प्रकाशित : असार २२, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

आश्रममा कविता

कान्तिपुर संवाददाता

काठमाडौंको बूढानीलकण्ठ आश्रम स्कुलले विद्यार्थीबीच प्रतियोगितात्मक कवि गोष्ठी गरेको छ  ।

३६ विद्यार्थीले प्रतिस्पर्धा गरेको गोष्ठीमा कक्षा ८ की श्रेणा भण्डारी प्रथम, कक्षा १० का सुनिल धामी द्वितीय र कक्षा ८ का निश्चल न्यौपाने तृतीय भए भने कक्षा ८ कै मनीषा भट्टले सान्त्वना पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा प्रमुख अतिथि कवि ब्रहृमप्रिय प्रेमस्वरूप, प्राचार्य गुन्जन ब्रहृमचारी, शिक्षकहरू मिठ्ठु रावल, रामराज पुडासैनी, कपिल भण्डारी र पुष्पराज अधिकारीले आआफ्ना सिर्जना प्रस्तुत गरे । उनीहरूले विद्यार्थीलाई कला साहित्य क्षेत्रमा अघि बढन सुझाव दिएका थिए ।

प्रकाशित : असार २२, २०७६ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्