कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

फुटबलका उदाउँदा तारा

नुमा थाम्सुहाङ

ग्रासरुटस् फुटसल एकेडेमीको आयोजनामा भएको ‘टोफिचो जुनियर च्याम्पियनसिप कप अन्तर विद्यालय फुटसल प्रतियोगिता’ मा यू–११ तर्फ माछापोखरीको किड्स लर्निङ स्कुलले उपाधि चुम्यो  ।

फुटबलका उदाउँदा तारा

१ सय ४५ टिममा ८७ विद्यालयलाई पछि पार्दै किड्स लर्निङ विजयी भएको थियो । राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङले प्रतियोगितालाई प्रमोटरका रूपमा समर्थन गरेका थिए । विद्यालयले गत बिहीबार गरेको विजयोल्लास कार्यक्रममा जब राष्ट्रिय खेलाडी चेम्जोङको प्रवेश भयो । सबै ठूलो स्वरमा किरणको नाम लिएर चिच्च्याइरहेका थिए । उनले खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे । बधाई थिए । भविष्यमा राष्ट्रिय खेलाडीका रूपमा देख्ने विश्वास व्यक्त गरे । उक्त प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीबारे जानौं :

योकेश नेगी

उमेरले ९ वर्षका योकेशले ‘टप गोल स्कोर’ र ‘वेस्ट प्लेयर’ को उपाधि जिते । परिवारमा आमा सरिता, बुबा सुकदेव र दाइ होमराज छन् । खेलेर जित्दा र यो उपाधि पाउँदा एकदम खुसी लागेको उनले बताए । रोनाल्डोको खेलबाट प्रभावित उनी रोनाल्डोजस्तै फुटबल प्लेयर बन्न चाहन्छन् । ‘फुटबल खेलेर देश र आमाबुबाको नाम राख्छु,’ उनले भने, ‘स्कुललाई जिताउनु थियो, जिताएँ ।’ सानै उमेरमा उनले ७ वटा म्याच खेलिसकेका छन् । मिहिनेतमा विश्वास गर्ने उनले सातामा २ चोटि २ घण्टा प्राक्टिस गर्ने बताए ।


अनिस लामा

उत्कृष्ट गोल रक्षकको उपाधि हात पारेका ११ वर्षीय अनिस कक्षा ५ मा पढ्छन् । आमा प्रशान्त र बुबा दावा सान्दुका एक्ला सन्तान उनलाई राष्ट्रिय फुटबल टिमका गोल रक्षक किरण चेम्जोङजस्तै बन्ने मन छ । ‘मलाई किरण चम्जोङजस्तै गोलकिपर बन्ने सपना छ,’ उनले भने, ‘एक दिन राष्ट्रका लागि खेल्छु ।’ राष्ट्रिय खेलाडीले सम्मान गर्दा भविष्यमा अझ त्यस्तै केही गर्ने प्रेरणा मिलेको उनले बताए । अहिलेसम्म उनले ३ वटा खेलमा सहभागी जनाइसकेका छन् । भविष्यमा अझै राम्रो खेल्ने र धेरै मिहिनेत गर्ने उनले बताए ।


कुलदेव तितुङ

‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि हात पारेका १० वर्षीय कुलदेव तितुङ कक्षा ५ मा पढ्दै छन् । उनको परिवारमा आमा शर्मिला तितुङ, बुबा सुन्दर तितुङ र दिदी ओसिन तितुङ छन् । खेलेर विद्यालयलाई जिताउँदा एकदम खुसी लागेको उनले बताए । ‘स्कुलले जित्दा एकदम खुसी लागेको छ,’ उनले उत्साही हुँदै भने, ‘अर्को पटक पनि जिताउने छु ।’ अहिलेसम्म ४ वटा म्याचमा भाग लिइसकेका उनले क्रिस्टियानो रोनाल्डोझैं खेलाडी बनेर आमाबुबाका लागि घर बनाएर पाल्ने रहर भएको बताए । फुटबलका सोखिन उनले ठूलो भएर किरण चम्जोङझैं आफ्नो देशका लागि खेल्ने सपना रहेको सुनाए ।

प्रकाशित : असार २९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?