२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सिक्दै फुटबल

पोखरास्थित माछापोखरी खेलमैदानमा गत बिहीबार पुग्दा फुटबल सिक्दै गरेका बालबालिका भेटिए  । प्रशिक्षकले सोध्दै थिए, ‘होमवर्क भ्यायौ ?’ उनीहरूको उत्तर आयो, ‘भ्यायौं  ।

सिक्दै फुटबल

विद्यार्थीको पढाइमा असर नपुगोस् भन्नेमा प्रशिक्षक सचेत थिए । अनि सुरु गराए प्रशिक्षण । बालबालिकाहरू उत्साहित हुँदै निर्देशनअनुसार बल खेल्न थाले ।


प्रज्वल गुरुङ १० वर्षका भए । उनी ५ कक्षामा पढ्छन् । फुटबल खेलाडी बन्ने रहरले उनी सिक्दै छन् । १२ वर्षका रिहान गुरुङको गायक बन्ने रहर छ । फुटबलप्रति पनि उत्तिकै रुचि छ । ७ वर्षका समन थापा बिहान साढे ५ बजे उठेर साथीहरूसँग फुटबल सिक्न आउँछन् । उमेर सानै भए पनि उनको फुटबलप्रतिको मोहले यो सम्भव भएको हो । आरोषी गुरुङ ९ वर्षकी भइन् । तीन कक्षामा अध्ययनरत उनलाई दिदीको प्रेरणाले खेल्ने रहर पलायो । ‘दिदीले सिकाउनुहुन्थ्यो, कहिले किपर बस् भन्नुहुन्थ्यो कहिले छक्काउन सिकाउनुहुन्थ्यो,’ उनले भनिन् ।


संगम फुटबल एकेडेमीले सञ्चालन गरेको प्रशिक्षणमा अहिले ६० बालबालिकाले सिक्दै छन् । उनीहरू ७ देखि १४ वर्षसम्मका छन् । बालबालिकालाई बल टच गर्न, पास खेल्न, रनिङ गर्न, सुटिङ, पावर, ओभर ल्याप, टेक्निक, स्किलसहित बेसिक ड्रिल सिकाइने संगम क्लबका अध्यक्ष शिव गुरुङ मायाले बताए । ‘मुख्य उद्देश्य नयाँ खेलाडी उत्पादन गर्नु हो,’ उनले भने । बालबालिकालाई शिव गुरुङ, अनिष तामाङ, रिम गुरुङले प्रशिक्षण गराइरहेका छन् । अतिथि प्रशिक्षकका रूपमा राजेन्द्र तामाङले समेत सघाउँछन् ।

राजाराम पौडेल/पोखरा

प्रकाशित : श्रावण ५, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?