कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गाईजात्रा

मृत्यु भ’का आफन्तको सम्झनामा पर्व,मनाइन्छ गाईजात्रा मान्नुपर्छ गर्व  ।


श्रावण शुक्लपूर्णिमाको
साँझपखबाट,
भक्तपुरमा सुरु हुन्छ
धिन्ताङघिसी नाच ।

नाचसँगै हरेक वर्ष
गाईजात्रा सुरु,
बालक–वृद्ध लठ्ठी बोकी
हिँड्छन् खुरुखुरु ।

भक्तपुरमा चल्छ जात्रा
आठ रात, नौ दिनसम्म,
प्रत्येक साँझ टोलटोलमा
प्रहसन र व्यंग्य ।

मृतकजनका बालबच्चालाई
शृंगारपटार गरी,
बाजासहित लावालस्कर
दरबार स्क्वायरभरि ।

पुत्रशोकमा रानी परिन्
रोइन् धुरुधुरु,
प्रताप मल्ल राजा हुँदा
गाईजात्रा सुरु ।


लालबहादुर भुजेल

प्रकाशित : भाद्र १, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?