भाषामा सत्तापक्ष र प्रतिपक्ष

विमल आरोही

केही महिनाअघि सुरू भएको नेपाली भाषाको विवादको अझै गतिलो टुंगो लागेको छैन । सहमतिमा चल्नुपर्ने भाषाको नियममा किन सत्तापक्ष र प्रतिपक्षको स्थिति आयो ?

ठयाक्कै सय वर्ष भयो, हामीले नेपाली भाषाको व्याकरण लेख्न थालेको । शतकअघि १९६९ मा नेपाली व्याकरणका 'आदिपुस्तक' छापिएका थिए ः जयपृथ्वीबहादुर सिंहको 'प्राकृत व्याकरण', हेमराज पण्डितको 'गोरखा भाषा चन्दि्रका व्याकरण' र विश्वमणि दीक्षिताचार्यको 'गोरखा व्याकरण बोध' -सन् १९१३) । त्यसो त सन् १८२० मै अय्टनले नेपाली व्याकरणको पहिलो पुस्तक 'अ ग्रामर अफ द नेपाली ल्य्ङ्ग्वेज' लेखिसकेका थिए ।
नेपालीद्वारा नेपालीका लागि नेपाली भाषाको 'संविधान' तर्जुमा गर्न थालिएको यो सयवर्षे यात्रामा सयौं विधान नेपाली भाषा 'सिकाउने' नाउँमा अन्तरिम्मिए । ती बढ्तै 'लहड' र 'सनक' अनि कमै 'वाद' र 'सिद्धान्त' थिए । राममणिको 'हलन्त बहिष्कार'देखि गंगाप्रसादको 'हलन्त आविष्कार'सम्म । 'नौलो पाइलो'को 'झर्राे'देखि महानन्दको 'जिब्रो' अनि शिवराजको 'जिम्दो'सम्म । चूडामणिको 'इ-अि, ई-अी, उ-अु, उ-अू, रु-रु, रू-रू, प्रयोग-प्र्योग' अनि मुकुन्दशरणको 'विभक्ति एक्ल्याऊ' इत्यादि । यी र यस्तै सबैजसो 'लहड' र 'सनक' अनि 'उन्माद'को चासो र चिन्ता हिज्जे -स्पेलिङ) बदल्नुमै केन्दि्रत रह्यो । यस्तो लाग्छ ः तिनका दृष्टिमा भाषा र व्याकरण भनेकै स्पेलिङको आफूखुसी अदलबदल मात्र हो ।
सबैजसोको आग्रह र मान्यता नेपाली भाषाको 'सरलीकरण', 'सहजीकरण', 'सजिलीकरण', 'स्थिरीकरण', 'मानकीकरण', 'शुद्धीकरण', 'एकरूपीकरण', 'सबलीकरण', 'वैश्वीकरण', 'नेपालीकरण' इत्यादि अनेकन् 'करण' नै हो । एकसेएक 'वैयाकरण'हरूका यतिविधि 'करण' हुँदाहुँदै पनि हाम्रो लेखन किन झन् उल्टै 'जटिलीकरण', 'अस्थिरीकरण', 'अशुद्धीकरण', 'विचित्रीकरण' र समग्रमा 'जेपीटीकरण' हुँदो छ त ? जवाफ हाजिर छ ः सजिलीकरणका नाउँमा बर्सेनि 'वर्णविन्यास' कचहरी गरेर लुतोे कन्याएझैं स्पेलिङलाई मात्र कन्याउने, जिस्क्याउने, चलाउने, भत्काउने, अर्कै ठड्याउने, अनि फेरि पुरानै उठाउने विद््हरूकै सनातनी जुँगेयुद्धको परिणाम यो हो । र हो, 'विद्'हरूलाई बालै नदिने 'सर्वविद्' पत्रकार, साहित्यकार, प्रुफरिडर र सम्पादकको बेग्लाबेग्लै 'मानकशैली'को परिणाम ।
शब्दको स्पेलिङमा छिट्छिटो फेरबदलका कारण प्रयोक्ताहरू नेपाली भाषाबाटै अलग्गिँदा छन् । वषर्ाैं पढिएका र लेखिएका शब्दको हिज्जे रातारात बद्लिँदा उनीहरू अलमलमा छन् । हुनलाई हिज्जेमा यस्तो परिवर्तन 'नियमानुसार' र 'वैधानिक' नै हो । तर, समस्या यहीँनेर छ । भाषामा परिवर्तन 'नियमानुसार' होइन 'अभ्यासानुसार', 'वैधानिक' होइन 'अवैधानिक', 'जबर्जस्ती' होइन 'स्वस्फूर्त' हुन्छ हुनु पनि पर्छ । भाषा २ प्लस २ बराबर ४ जस्तो स्थिर र अपरिवर्तनीय त हुँदै होइन ! न त शिशुअवस्थामै दर्जनौंपटक टिपेक्स खाने अन्तरिम संविधान नै ।
तीन महिनाअघि यलमाया केन्द्रमा जम्मा भएका सबैजसो लेखक र पत्रकारले आफूलाई 'भाषापीडित'का रूपमा चिनाए । कमल दीक्षित, खगेन्द्र संग्रौला, नारायण ढकालदेखि धीरेन्द्र प्रेमषिर्सम्मले नेपाली भाषाको बद्लिँदो -बिग्रँदो) हिज्जेप्रति आक्रोश मात्रै जनाएनन्, 'पतलीकरण' र 'छोटीकरण' अनि 'खुट्टा तान्ने' चलनका खिलापमा घोषणापत्रसमेत जारी गरे । संकल्पअनुरूप नै 'पुस्तक लेख्ने र छपाउने' उनीहरूको घोषणाको सार थियो, आदिवासी र आप्रवासी तथा अंगीकृत र आगन्तुक सबै शब्दलाई समानताको व्यवहार गर्छाैं ! तिनको हिज्जे चलाउँदैनौं ।
उपरोक्त 'घोषणासभा'को महिना दिनपछि सोही कोठामा उनै कर्ताद्वारा अर्काे 'घोषणासभा' आयोजना गरियो । तर, यसपाला भने मण्डप खडा थियो, जहाँ पण्डित थिए ः भाषाशास्त्री बालकृष्ण पोखरेल, मुकुन्दशरण उपाध्याय, तारानाथ शर्मा र कृष्णप्रसाद पराजुली । शरच्चन्द्र वस्ती लगायतले तयार गरेको पाँचपाने 'नेकशुले' त्यहाँ जारी गरियो । केही म्यागजिनहरूले यो नियम लागू गर्ने कसम खाए, बोल्न नपाउनेले हस्ताक्षर देखाए । 'श'लाई 'सहिद' बनाएर 'स'को आविष्कार गरीे 'नेपाली भाषा र साहित्य' पुस्तक लेखेका बालकृष्ण र उही पुस्तकलाई २०२२ को मदन पुरस्कार समर्पण गरेका कमल दीक्षितले ४८ वर्षपछि 'प्रायश्चितपत्र'मा अगुवाइपूर्ण हस्ताक्षर गरे । मेरा आँखा वरिपरि आइरहे तिनका अनुहार, जो बालकृष्णलाई नै गुरु थापेर उनकै मान्यता र शब्दकोशलाई उत्कर्षमा पुर्‍याउँदा छन् । यलमायाको पहिलो घोषणाका 'तारो' बनेका नयाँ प्राडा र प्राज्ञ अब के गर्लान्, जब आफूले गुरु मानेका बालकृष्ण बाजेले अचानक 'गलत ठहरिएँ'को भाकामा रुँलारुँलाको गलामा भने ः भाषाको समृद्धि र विकासका लागि म मेरा सबै मान्यता र अनुसन्धान कुटुरो पार्न तयार छु ।
मिडियामा बलियो पकड भएका 'सर्वविद्' प्रयोक्ताहरूको घोषणाले सबैजसो मिडियामा वाहवाही पाउनु अस्वाभाविक होइन । यसबीच नेपाली मिडियाले नेपाली हिज्जेबारे व्यापक छलफल र बहस चलाउँदा विद्हरूले उल्टै 'प्राज्ञिकता र विद्वताबिनाका छलफल, घोषणा, लेख र प्रतिक्रियाको कुनै तुक छैन' भनी प्राडाको सिउरविहीन जम्मैलाई 'मुर्कट्टा' देख्नु छक्कबोधक संकेत हो । अचम्म त के छ भने 'नियम लाद्नुुहुन्न' भनेर नयाँ 'नियम' बनिँदासमेत डा.बद्रीविशाल, डा.कुमाबहादुर, डा.खगेन्द्रप्रसाद, डा.प्रेमप्रसादबाहेक नगण्य अन्य 'एकेडेमिसिअन'हरूले ओठ खोले पनि कलम चाहिँ खोलेनन् -डा.हेमाङ्गराज र डा.जीवेन्द्रदेवले ओठ खाले क्यारे) । प्राडा, प्राज्ञ र विद्प्रति उल्कै असन्तोक जनाउँदै तिनका नियम बदर गरेको घोषणा गर्नेहरूले आप\mनै अनुजहरूले उहिल्यैदेखि स्कुल र कलेजमा 'पतलीकृत', 'छोटीकृत' र 'नेपालीकृत' हिज्ज्यै लेखापढी गर्दा छन् भन्ने कुरालाई गम्भीरपूर्वक लिइदिए गज्जब । भाषा र हिज्जेलाई 'राष्ट्रिय सहमति'जस्तो महान् जोकका रूपमा नलिइदिन बिन्ती ।
परार एकेडेमीमा हस्ताक्षर गर्ने प्राडा र प्राज्ञ अनि यलमायामा दुदुई पटक हस्ताक्षर गर्ने लेखक-सम्पादकहरू जुन दिन एउटै पन्नामा दस्तखत गर्न तयार होलान् त्यही दिन भाषाको 'संविधान' घोषणा होला । एकथरीले विद्यालय र विश्वविद्यालय अनि एकेडेमी 'सत्ता' कब्जा गरिरहने अनि अर्काथरीले पुस्तक र मिडिया कब्जा गरिरहने हो भने परस्पर विपरीत 'सरकारी' र 'गैरसरकारी' हिज्जेका कारण नेपाली भाषा 'सहिद' भएको हेर्न धेरै दिन कुर्नु परोइन । भाषाको यो 'राजनीति'मा सत्ता र प्रतिपक्षको 'खेल' अझै कायम रहने हो भने 'तिम्रो भाषामा धेरै नै गडबडी छ रहेछ, सब थोक त पछ्यायौ, अब भाषा पनि ...' भाकामा 'राजदूत'हरूका फेसबुक स्टाटस र लेख बाहिरिन समय लाग्नेछैन । संविधान नबनेकोमा नेताहरूलाई सराप्ने विद्वान्हरू ! खै त तिमीहरूको सहमतिपत्र ?
अलिकति आप\mनै अनुभव सुनाऊँ क्यारे । म भाषाविद् र व्याकरणकार होइनँ । भाषालाई प्रेमपूर्वक प्रयोग गर्न रुचाउने साधारण प्रयोक्ता मात्र हुँ । 'जमाना काँ-काँ पुगिसक्यो, तँ भने ह्रस्वदीर्घको सवाई घोकेर बस्' भाकामा जब मलाई मेरा विद्यार्थी र सहकर्मी बारम्बार प्रश्न तेस्र्याउँछन् म आफैंलाई सोध्छु ः हाम्रो भाषा किन कठिन र जटिल बनेको होला ? जिन्दगीभरि चेतपूर्वक सिक्तासिक्तै पनि म आपै+m गल्ती नै गल्ती लेख्छु-पढ्छु । सबै अक्षर ह्रस्व अथवा सबै अक्षर दीर्घ लेखे हुँदैन ? पहिलो अक्षर ह्रस्व भए दोस्रो दीर्घ, अनि तेस्रो ह्रस्व र चौथो दीर्घ लेखे के हुन्छ ? बुभ\mनेले कुरा बुझे भैगो, ह्रस्व-दीर्घको झ्याउ किन ? यस्ता प्रश्नको घेराबन्दीमा हुन्छु म दिनकै ।
मेरो अनुभवमा 'नेपाली कसरी शुद्ध लख्ने ?' -नेकशुले) भाकाका घोषणा र पुस्तिकाबाट भन्दा 'शुद्ध यसरी लेख्नुपर्छ' नभनीकनै लेखिएका 'शुद्ध' र 'छरिता' पुस्तकको पठनबाट भाषा र व्याकरण सजिलै सिकिन्छ । 'नेकशुले' भित्रका डोकाका डोका नियम बोकेर 'शुद्ध' लेख्न नजानिइँदो रहेछ । फेरि ती पुस्तकले छोटो र छरितो, कसिलो र रसिलो, सोझो र स्पष्ट लेख्न सिकाएनन् हामीलाई । बरु तिनले त 'वनमा काफल पाक्यो । चरी पनि नाच्यो' जस्ता वाक्यलाई 'जब वनमा काफल पाक्यो तब चरी पनि नाच्यो' जस्तो लम्बेतान वाक्य बनाउन सिकाए ।
अचेल मलाई जुन जुन शब्दको हिज्जेमा अलमल हुन्छ ती सबै शब्दको वैकल्पिक प्रविष्टि पाउँछु म शब्दकोशमा । अथवा यसलाई यसरी भनौं, 'आगन्तुक' भनिएका धेरैजसो शब्दको 'नेपालीकरण' पढियो स्कुलमा, थोरैजसो चाहिँ 'अनेपालीकरण' नै । स्कुलमा 'सहिद' र 'सहर' पढियो, 'शहीद' र 'शहर' पढिएन । 'दूध' र 'गरीब' पढियो, 'दुध' र 'गरिब' पढिएन । यसरी मेरो लेखनीमा पनि शब्दको स्पेलिङमा खिचडीपन र अलमल छु । 'आगन्तुक' शब्दको 'नेपालीकरण' र 'अनेपालीकरण'को संघारमा छु म । म मात्र होइन यलमायामा जम्मिएका सबैजसो लेखक र पत्रकारको समस्या, चासो र चिन्ता अनि आक्रोश यसैमा थियो । 'नेपालीकृत' र 'सरलीकृत' नयाँ हिज्जे नै पढाउने हो भने पनि के जगदेखि सुरु गर्नुपर्दैन पढाउन ? अचम्म छ ः स्नातकोत्तर, स्नातक, प्लस टु, स्कुलतिर र्झने उल्टो र अव्यावहारिक बाटो हिँड्ने कि प्राथमिक तहदेखि हरेक वर्ष एकेक तह उक्लने ?
र, अन्त्यमा यो पनि, देशमा मूल नीति नै नबनेको अवस्थामा 'व्याकरणनीति' बनिहाल्नुपर्छ, हावा कुरो हो । धन्न हिज्जेकारले चाहिँ यस्तो कार्यक्रम गरेनन् क्यारे । कुरो बुझ्दै जाँदा हिज्जेकारलाई 'सवाल समावेशीकरण'को तनाउ पटक्कै छैन रहेछ ! संविधानमा हिज्जे समावेशीकरणको मार्ग सजिलो र रोचक छ । हेर्नु छ- संविधानको 'हिज्जे आयोग'मा कमलादी, कीर्तिपुर वा यलमाया वा चौथो मोर्चामध्ये कुन पार्टीको नेता/कार्यकर्ता भर्ती होला ? मेरो विचारमा त्यहाँ हरेक पार्टीको समानुपातिक प्रतिनिधित्व हुन जरुरी छ । संविधानको हिज्जे ः सत्तापक्ष कि प्रतिपक्ष ! सरकारी कि गैरसरकारी ! कि मिश्रति प्रणालीमा ?

प्रकाशित : आश्विन ६, २०६९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?