कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अभि सुवेदी लेखक

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
झलक सुवेदीको 'बि्रटिस साम्राज्यका नेपाली मोहरा' पढिसक्याएँ । अहिले सल्मान रुस्दीको 'जोसेफ एन्टोन' पढिरहेको छु ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
झलक सुवेदीको 'बि्रटिस साम्राज्यका नेपाली मोहरा' पढिसक्याएँ । अहिले सल्मान रुस्दीको 'जोसेफ एन्टोन' पढिरहेको छु ।

कस्ता खालका पुस्तक बढी रुचाउनुहुन्छ ?
मेरो पुस्तक छनोट जटिल हुन्छ । रुचि, आवश्यकता, अरू केही लेखनलाई चाहिने सन्दर्भ साम्रगीका थुप्रै किताब र लेख । मेरो रुचिचाहिं काव्यात्मक भाषामा लेखिएका निजी अनुभवलाई राखेर जीवन जगत् हेर्ने किताबमा छ ।

नेपालीमा कस्ता पुस्तक लेखिए हुन्थ्योजस्तो लाग्छ ?
नेपालीमा धेरै समय टुक्र्याएर, गफ धेरै हालेर, लेख्न थाल्दा नै आफूलाई विशाल चिन्तक हुँ भन्ने ठानेर लेख्ने प्रवृत्ति हराओस् । इमानदार कृतिहरू लेखियून् ।

मन परेका लेखक र पुस्तक ?
धेरै छन् । मलाई आजकल खगेन्द्र सङ्ग्रौलाका कथा, अङ्ग्रेजी मूल भाषा नहुने एसियाली र अरू मुलुकका कविले लेखेका कविता, केही नेपालमा निस्केका इमानदार उपन्यास जुन निकै छन्, अनि अङ्ग्रेजीमा चर्चित किताब मन पर्छन् ।

लेखकलाई केले राम्रो र नराम्रो बनाउँछ ?
लेखकलाई सरलता, आडम्बरहीन र डग्माविहीन मनस्थितिले राम्रो बनाउँछ । हामीसँग त्यो बिस्तारै हराउँदै छ । धर्म, गु्रप र ठोकुवा विचारमा कुद्ने भीडका लेखकको आपmनो भन्नु केही हुँदैन । आडम्बरले छोपिएको निरीहपन एउटा भयानक लोन्लिनेस् हो ।

नयाँ पुस्ताले पढ्नुपर्ने पुस्तक ?
स्वतन्त्र किताब । समयको लहरमा आएका सार्त्रले भनेका केराजस्ता सिध्दिजाने मात्र होइन आपmनो पुस्ताको कल्पना र विश्वास बोकेका किताब पढ्नुपर्छ ।
किताब नभए जीवन कस्तो होला ?
थाहै हुँदैन किनभने ती मूर्खलाई के गुमाएँ भन्ने थाहै हुँदैन । अभाव त कामना हो र पाउने संघर्ष, किताब नहुँदा ती दुवै जान्छन् ।

कुन समयमा सबैभन्दा बढी पुस्तक पढ्नुभयो ?
अहिले र धरानमा विद्यार्थी राजनीति गर्दा भएको आत्मबोधको बेला । त्यो मेरो जीवनको सब्लाइम् क्षण थियो ।

महिनामा कति पैसा किताबमा खर्च गर्नुहुन्छ ?
अब पिल्सिङ्बाट जीवन चलाउनुपर्ने लेखरचनाको पारिश्रमिक पाएको बेला किन्छु ।

पुस्तक के गरी छनोट गर्नुहुन्छ ?
मलाई किताबको संसार खुलेर मतिर सरासर आउँछ । केही समस्या पर्दैन ।


प्रकाशित : पुस १४, २०६९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?