द ब्याटिङ गड

हिमेश

लामो समय आपmनो ब्याटले संसारलाई क्रिकेट खेल्न र हेर्न सिकाएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले यो हप्ता वान-डे क्रिकेटबाट सन्न्यास लिए ।

जति बेला सचिन तेन्दुलकरले भारतका लागि खेल्न सुरु गरेका थिए, उनको पहिलो विदेश भ्रमण पाकिस्तानको थियो । त्यति बेला पाक बलिङ आक्रमण 'जबरदस्त' थियो । अमेरिकी पत्रिका टाइमको भनाइ सापटी लिने हो भने, त्यति बेला माइकल सुमेकरले फर्मुला वान रेसिङमा ड्राइभिङ सुरु गरेका थिएनन्, लान्स आम्सट्रङले टुर डे प|mान्समा नाम लेखाएका थिएनन् ।
बरु त्यतिबेला डिएगो म्याराडोना अर्जेन्टिनी फुटबल टिमका कप्तान थिए । पिट साम्प्रासले कुनै ग्रान्डस्लाम उपाधि जितेका थिएनन् । पाक बलिङ आक्रमण इमरान खान एन्ड कम्पनीको थियो । टेनिसमा रोजर फेडेररको नाम कसैले सुनेका थिएनन् । लियोनल मेसी कलिला बालक थिए । सायद युसेन बोल्ट जमैकाको कुनै गल्लीमा दौडिरहेका थिए ।
बर्लिन वाल ढलेको थिएन, त्यसैले अन्तर्राष्ट्रिय राजनीतिमा शीत युद्धले चर्को रूप लिइरहेको थियो । त्यति बेला न त अहिलेका भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेहरू जमानाको अर्थनीति बदल्ने सोच बनाएका थिए । यिनै तेन्दुलकरले भर्खरै मात्र क्रिकेटको तीनमध्ये एक ढाँचा वान-डेबाट सन्यास लिने निर्णय गरे । यस्तोमा टाइम पत्रिको ठहर थियो, सायद समय पो तेन्दुलकरका लागि हिउँजस्तै जम्ने हो कि ? संयोग कस्तो रह्यो भने अहिले पाकिस्तानी क्रिकेट टिम धेरै लामो समयपछि भारतीय भूमिमा छ, तर त्यो पारम्परिक प्रतिद्वन्द्वीविरुद्ध तेन्दुलकरले खेल्नेछैनन् । पाकिस्तानले भारतमा अहिले तत्काल टेस्ट खेल्नेछैन, जबकि अब तेन्दुलकरले टेस्ट मात्र खेल्नेछन् ।
अहिलेको पुस्ताका पाकिस्तानी खेलाडीलाई पूरा जीवन के दुःख रहनेछ भने उनीहरूले तेन्दुलकरविरुद्ध खेल्न पाएनन् । त्यसो त तेन्दुलकरमाथि लामो समयदेखि संन्यासको दबाब कायम थियो, तर जति बेला उनले कम्तीमा वान-डे क्रिकेट नेखल्ने समाचार बाहिर आयो, सबै एक प्रकारले स्तब्ध रहे नै । आलोचकहरूको मुख बन्दको बन्दै रह्यो । स्तब्ध किन भन्दा पनि उनको आलोचना गर्न जति सजिलो थियो, उनले अब वान-डे क्रिकेट खेल्दैन भन्ने तथ्यसँग आत्मसात् गर्न उत्तिकै गार्‍हो थियो । हुन पनि उनी अन्तर्राष्ट्रिय क्रिकेटका त्यस्ता खेलाडी हुन्, जसलाई धेरैले 'द ब्याटिङ गड' भन्न रुचाउँछन् । वान डे क्रिकेटमा उनले कुन मात्र ठूला उपलब्धि आप\mनो नाममा लेखाएनन् र ?
तेन्दुलकरकै भाषामा लगभग दुई वर्षअगाडि वान-डे क्रिकेटको विश्वकप जित्नु, त्यो पनि आप\mनै भूमिमा, सर्वाधिक ठूलो उपलब्धिको रूपमा थियो । उनीजस्ता खेलाडीमाथि वान-डे क्रिकेटको विश्वकप पनि जित्न नसकेको कलंक लाग्ने डर थियो । त्यसैले वान-डे क्रिकेटबाट संन्यास लिएयता उनको भनाइको आशय थियो, 'विश्वकप जित्नु ठूलै अवसर थियो ।'
उनले छ संस्करणको विश्वकप खेले, सन् १९९२ देखि २०११ सम्म । वान-डे क्रिकेटमा उनको कोसेढुंगे प्रदर्शनहरूको कथा सूची यसरी सुरु हुन्छ, उनले ७९ खेल खेलेपछि मात्र पहिलो शतक बनाए । त्यसयता उनले कीर्तिमानी ४९ शतक बनाए । उसका लागि उनले सर्वाधिक ४ सय ६३ खेल खेले । त्यसमा उनले सर्वाधिक १८ हजार ४ सय २६ रन जोडे । सर्वाधिक अर्धशतक, ९६ को कीर्तिमान पनि उनकै नाममा छ । उनी सर्वाधिक ६२ पल्ट 'म्यान अफ म्याच' भए । अझ सर्वाधिक १५ पल्ट 'म्यान अफ द सिरिज' पनि । उनले सर्वाधिक ९६ फरक फरक मैदानमा खेले र १४ हजारभन्दा बढी रन बनाउने एक्लो खेलाडी बने । प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा उनले १५ हजार ३ सय १० रन बनाए ।
यसमा ४५ शतक र ७५ अर्धशतक समावेश छन् । यस्तै, उनी दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भए । उनी दस हजार रन, सय विकेट र सय क्याच लिने पनि पहिलो खेलाडी रहे । एकै 'क्यालेन्डर एयर' मा उनले हजार रनभन्दा बढी सातपल्ट बनाए । विश्वकपमा पनि उनी सर्वाधिक बढी रन, २ हजार २ सय ७८ रन बनाउने ब्याट्सम्यान हुन् । तेन्दुलकरका लागि पनि वान-डे क्रिकेटबाट संन्यासको घोषणा गर्नु सजिलो रहेन । उनले आइतबार मात्र यसबारे बोले, त्यसअगाडि लगातार तीन दिन आप\mनो मोबाइल पनि 'स्विच-अफ' गरे । नागपुर टेस्ट खेलेर मुम्बई घरमा फर्केयता उनको मोबाइलको स्थिति लगभग यस्तै थियो । तेन्दुलकरसम्म पुग्ने एउटै उपाय उनकी पत्नी अञ्जलीको मोबाइल थियो ।
संन्यासको सूचना पनि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनलाई मात्र दिए । उनकै माध्यमबाट बाँकी विश्वले थाहा पाए । मुख्य तथ्य, उनले टेस्ट क्रिकेटबाट भने संन्यास लिएका छैनन्, बरु भारतका लागि वान-डे खेल्न छाडेको धेरै भइसकेको थियो । ट्वान्टी ट्वान्टी नखेलेको पनि त लामै समय भइसकेको छ । प्रस्ट छ, उनी अझै टेस्ट खेल्न चाहन्छन् ।
भारतले तुरुन्तै अस्टे्रलियाविरुद्ध चार टेस्टको शृङ्खला खेल्दै छ । यी चार खेलपछि उनी सहभागी टेस्ट संख्या १ सय ९८ पुग्नेछ । सायद, तेन्दुलकरको आँखा दक्षिण अपि|mकाविरुद्धको शृङ्खलामा पनि छ, जसमा उनले दुई सयौं टेस्ट त खेल्ने नै छन्, विश्वको नम्बर १ टेस्ट टिमको पनि सामना गर्नेछन् । त्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट साँँच्चै बिदा लिने राम्रो अवसर पनि हुनेछ । वास्तवमै उनको वान-डे क्रिकेटबाट टाढिनु अपूरो बिदाइजस्तै हो । यी 'द ब्याटिङ गड' आप\mनो खेल जीवनको नाजुक मोडमा छन्, उनले आप\mनो महान् खेल जीवनको आधार त तयार पारे, त्यस त्यसलाई पूर्णविराम भने लगाउन सकिरहेका छैनन् । नसके अस्टे्रलिया, सके दक्षिण अपि|mकाविरुद्ध उनी सुदृढ प्रदर्शन गर्दै बिदा लिने पक्षमा छन् ।
त्यो भए, उनको वास्तविक बिदाइ उत्तिकै महान् हुनेछ, जत्तिको महान् खेलाडी उनी हुन् । तेन्दुलकरले जति वर्ष खेले पनि, त्यति अरूले खेल्ने हो भने ती खेलाडी एउटा खुट्टामा हुने थिए रे, रिकी पोन्टिङको भनाइ भर्खर बाहिर आएको छ । तेन्दुलकर त अझै दुई खुट्टामै छन् । सबै प्रशंसक उनको सानदार र वास्तविक बिदाइको प्रतीक्षामा छन्, त्यसको कामना पनि गरिरहेका छन् ।

प्रकाशित : पुस १४, २०६९ १५:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अभि सुवेदी लेखक

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?झलक सुवेदीको 'बि्रटिस साम्राज्यका नेपाली मोहरा' पढिसक्याएँ । अहिले सल्मान रुस्दीको 'जोसेफ एन्टोन' पढिरहेको छु ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
झलक सुवेदीको 'बि्रटिस साम्राज्यका नेपाली मोहरा' पढिसक्याएँ । अहिले सल्मान रुस्दीको 'जोसेफ एन्टोन' पढिरहेको छु ।

कस्ता खालका पुस्तक बढी रुचाउनुहुन्छ ?
मेरो पुस्तक छनोट जटिल हुन्छ । रुचि, आवश्यकता, अरू केही लेखनलाई चाहिने सन्दर्भ साम्रगीका थुप्रै किताब र लेख । मेरो रुचिचाहिं काव्यात्मक भाषामा लेखिएका निजी अनुभवलाई राखेर जीवन जगत् हेर्ने किताबमा छ ।

नेपालीमा कस्ता पुस्तक लेखिए हुन्थ्योजस्तो लाग्छ ?
नेपालीमा धेरै समय टुक्र्याएर, गफ धेरै हालेर, लेख्न थाल्दा नै आफूलाई विशाल चिन्तक हुँ भन्ने ठानेर लेख्ने प्रवृत्ति हराओस् । इमानदार कृतिहरू लेखियून् ।

मन परेका लेखक र पुस्तक ?
धेरै छन् । मलाई आजकल खगेन्द्र सङ्ग्रौलाका कथा, अङ्ग्रेजी मूल भाषा नहुने एसियाली र अरू मुलुकका कविले लेखेका कविता, केही नेपालमा निस्केका इमानदार उपन्यास जुन निकै छन्, अनि अङ्ग्रेजीमा चर्चित किताब मन पर्छन् ।

लेखकलाई केले राम्रो र नराम्रो बनाउँछ ?
लेखकलाई सरलता, आडम्बरहीन र डग्माविहीन मनस्थितिले राम्रो बनाउँछ । हामीसँग त्यो बिस्तारै हराउँदै छ । धर्म, गु्रप र ठोकुवा विचारमा कुद्ने भीडका लेखकको आपmनो भन्नु केही हुँदैन । आडम्बरले छोपिएको निरीहपन एउटा भयानक लोन्लिनेस् हो ।

नयाँ पुस्ताले पढ्नुपर्ने पुस्तक ?
स्वतन्त्र किताब । समयको लहरमा आएका सार्त्रले भनेका केराजस्ता सिध्दिजाने मात्र होइन आपmनो पुस्ताको कल्पना र विश्वास बोकेका किताब पढ्नुपर्छ ।
किताब नभए जीवन कस्तो होला ?
थाहै हुँदैन किनभने ती मूर्खलाई के गुमाएँ भन्ने थाहै हुँदैन । अभाव त कामना हो र पाउने संघर्ष, किताब नहुँदा ती दुवै जान्छन् ।

कुन समयमा सबैभन्दा बढी पुस्तक पढ्नुभयो ?
अहिले र धरानमा विद्यार्थी राजनीति गर्दा भएको आत्मबोधको बेला । त्यो मेरो जीवनको सब्लाइम् क्षण थियो ।

महिनामा कति पैसा किताबमा खर्च गर्नुहुन्छ ?
अब पिल्सिङ्बाट जीवन चलाउनुपर्ने लेखरचनाको पारिश्रमिक पाएको बेला किन्छु ।

पुस्तक के गरी छनोट गर्नुहुन्छ ?
मलाई किताबको संसार खुलेर मतिर सरासर आउँछ । केही समस्या पर्दैन ।


प्रकाशित : पुस १४, २०६९ १५:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT