१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हिट : विमल घर्तीमगर

पप गायक सुगम पोखरेलको एउटा गीत छ- कोही त छ जसलाई म आफ्नो भन्न सक्छु । हो, वर्षौंदेखि नेपाली समाज त्यस्तै आफ्नो भन्न सक्ने

हिट : विमल घर्तीमगर
भरोसायोग्य नायकको खोजीमा छ । राजनीतिमा त्यस्तो खोजीले निराशा मात्रै हात पारे पनि अरू क्षेत्रले बेलाबखत आशाको सञ्चार गराइरहेको छ, विशेषगरी खेलजगत्ले । यो साता पनि नेपालीको मनमुटुमा छाए, फुटबलको यु-१६ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय खेलाडी विमल घर्तीमगर । बेल्जियमस्थित आरएससी एन्डरलेक्टले उनलाई एक वर्षका लागि आफ्नो एकेडेमीमा अनुबन्धन गरेको समाचारले नेपाली सञ्चारमाध्यममा महत्त्वपूर्ण स्थान पायो । सामाजिक सञ्जालहरूमा उनका लागि बधाई ओइरियो ।
नेपाल क्रिकेट संघ र अखिल नेपाल फुटबल संघका मुख्य हस्तीहरू भ्रष्टाचार र घूसखोरीमा मुछिएको खबरले आहत खेलप्रेमीले विमललाई मिलेको सफलताले थोरै राहत अनुभूत गर्न पाएका छन् । गत वर्ष काठमाडौंमा आयोजित साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध सानदार गोल गरेयता विमललाई खेलप्रेमीहरूले आशाको नजरले हेर्न थालेका हुन् ।

सिफारिस
फिल्म : द किंग्स स्पिच

बेलायतका राजा जर्ज छैटौंमाथि बनेको फिल्म हो, 'द किंग्स स्पिच' । बोल्दा भक्भकाउने ती राजाको समस्या 'स्पिच थेरापिस्ट' ले समाधान गरिदिएको कलात्मक कथा यसमा देखाइएको छ । टम हुपर निर्देशित फिल्मको मुख्य भूमिकामा कोलिन फोर्थ छन् । सन् २०११ मा रिलिज यस बेलायती फिल्मले ओस्कार अवार्डमा उत्कृष्ट सिनेमा घोषणा भएको थियो । नायक पर्थ र निर्दशक हुपरले पनि विधागत अवार्ड जितेको यस फिल्मको पटकथा पनि उत्कृष्ट ठहरिएको थियो । यस अलावा थुप्रै चर्चित अवार्ड जित्न सफल यस फिल्म दृश्य शैली, कला निर्देशन र अभिनयका हिसाबले बेजोड रहेको समीक्षकहरूको टिप्पणी छ । ८० लाख पाउन्ड लगानीमा बनेर २५ करोड पाउन्ड कमाउन सफल यस फिल्मलाई धेरैले हेर्नुपर्ने सूचीमा राखेका छन् ।

माई लाइफ एन्ड द ब्युटिफुल गेम
फुटबलका 'महानायक' पेलेको आत्मवृत्तान्त हो- माई लाइफ एन्ड द ब्युटिफुल गेम । संसारभरको माहोल फुटबलमय बनिरहेका बेला यो किताब पनि चर्चामा छ । प्रथमपटक १९७७ मा प्रकाशित यो पुस्तक पेलेले 'महान् खेल फुटबललाई सुन्दर बनाउनेहरूका लागि' समर्पित गरेका छन् । यसमा समेटिइएको उनका संघर्षका कथा पाठकका लागि रोमाञ्चित बनाउने खालका मात्र छैनन्, प्रेरणादायी पनि छन् ।

इंल्यान्डविरुद्ध इटाली
विश्वकप फुटबलअन्तर्गत असार १ गते आइतबार बिहान नेपाली समयअनुसार ३ः३५ बजे इंल्यान्ड र इटालीबीच खेल हुँदै छ । दुवै मुलुक युरोपेली फुटबलका हस्तीमध्येका मानिन्छन् । त्यही भएर पनि यिनीहरूबीचको खेल हेर्नलायक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७१ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?