सगरमाथाको गहिराइ

यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुरााससाग सापटी माग्नु
म त गुराासको देशको मान्छे

यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुरााससाग सापटी माग्नु
म त गुराासको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफूचाहिं अरब आएको छु।

यो संसारको कुनै महान् परोपकारीलाई
यो विश्वकै फोहोर पखाल्न पुग्ने पानी चाहिए
मेरो देशका नदीसाग सापटी माग्नु
तर
यो कुरा पछि गरौंला कि
मेरो घिट्घिट् गर्दै गरेको छोरोको घााटी चाहिने
दुई थोपा औषधि किन्न
म आफूचाहिं अरब आएको छु।

विद्युत् उत्पादनमा
संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले
मेरो बिदाइमा आएकी मेरी श्रीमतीको आाखाबाट खसेको आासु
भेला गरेर एकैचोटि टर्वाइनमा खसायो रे
र एक मेगावाट बिजुली निकाल्यो रे
तर
मेरो देशको आकाशमा अझै पनि काला ताराहरु चम्किरहन्छन्।

मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउादैन भनेर
तर
भन्दिनेले
मेरो प्वाल परेको छानोबाट राति तारा र्झछन् भन्दिए
र भन्दिए
ताराका टुक्राले मेरो परिवारलाई टुक्रा-टुक्रामा फुटाउनेछन्
मेरो मनमा गाठो पर्यो
त्यो पनि सुर्क्याउनेबिनाको

भन्दिनेले पैसामा बाआमाले पनि छहारी फेर्छन् भन्दिए
सोचाे
तातेताते गराउने बुबाको हात किन्नुपर्यो भने?
हाऽहाऽहाऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्यो भने?
बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने?
दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्यो भने?
मैले त मेरो ईश्वर पनि पर देख्न थाले
यस्तो लाग्यो ऊ ईश...वर होइन ईश...पर थियो
तर
म त बुद्धको देशको मान्छे
त्यसैले शान्त भएर अरब आएको छु।

मैले मलाई जन्माउने देवता छोडेर
म आएको यो अरबमा रबचाहिं कहाा छ?
यो मरूभूमिमा मरुा भन्ने मान्छे मात्र भेट्छु
जब घडीमा बाह्र बजेको देख्छु
यस्तो लाग्छ
यो घडीका तीनैवटा काटाहरू सामूहिक आत्महत्या गर्दैछन्।

यो रूवाजस्तो मन बालुवासाग लड्दालड्दा
यहाा मेरो जवानी पग्लिन्छ
घरमा रूादारूादा
श्रीमतीको सिरानी पग्लिन्छ

ए देश!
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई!

म मर्नुअघि
मेरा बूढा भएका बुबाका नङ नदुखाईकन काट्न चाहन्छु
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु
म मर्नुअघि
मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुराास हेर्न चाहन्छु
म मर्नुअघि
मेरी छोरीले
उसकी आमाले तिखारी दिएको पेन्सिलले
पहिलोपल्ट लेखेको क हेर्न चाहन्छु।

ए देश!
मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर र्फके भने त ठीकै हो
तर
त्योभन्दा ठूलो रातो काठको बाकसमा
म आफैं भरिएर र्फके भने?
- नवराज पराजुली


प्रकाशित : फाल्गुन ३०, २०७१ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?