३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कथाको बाकस

मनु मञ्जिल

सन् २०१२ मा ‘डन्ट टच मी ओ कविताहरू’ लेखेर कवि चन्द्र घिमिरे भागेका थिए– कविताको घरबाट ।

कथाको बाकस

अहिले ‘काठको बाकस’ बोकेर घर फिरेका छन् । उनको ‘काठको बाकस’ लाई ‘न्यारेटिभ पोयम्स’ अर्थात् आख्यान कविताको बाकस भन्न मिल्छ । महाकाव्यिक–खण्डकाव्यिक युगमा कविताले गरेको त्यही थियो– लयदार र कोमल भाषामा कथा भन्ने । आधुनिक गद्य कवितामा चित्र र आन्तरिक सङ्गीतको गुण बढी छ । धेरै कविहरू कथा मनमा राख्छन् र केही भन्छन् । मनको कथाको उज्यालाले ती कविता अथवा गीत चम्कन्छन् । कथाभन्दा पनि कथाको आभास बढी छ आजको कवितामा । सौन्दर्य कविले कथा भनिसकेपछि आउँछ, अलिक बेर पर्खिएपछि । उनको यही शैलीले उनलाई फरक बनाएको लाग्छ । 

कथा भन्ने मानिसमा ‘नोस्टाल्जिया’ अर्थात् विगतको मोह बढी आउँछ । ‘देहात टाइम्स’, ‘बूढी आमा’, ‘गाउँकी मास्टर्नी’, ‘उमरावजान’ वा भक्तबहादुरको कथा प्राय: उनका कविताको सतहमुनि नोस्टाल्जिया धागो भएर दौडिएको छ । त्यसो भएर उनको यो सङ्ग्रह उनको छुटेको विगतको एउटा क्यानभासजस्तो लाग्छ । यौटा कविलाई आफैंले भोगेर आएको जीवनमाथि लगाव रहनु अस्वाभाविक होइन । तर, त्यसमा दुइटा खतरा रहन्छन् । पहिलो– वर्तमान छुट्छ । आजको युद्ध, भूकम्प, दुर्घटना आदिले नयाँ कथाहरू जन्माएका छन् । ती छुट्छन् र ‘कन्टेम्पोर्‍यानिटी’ गुम्छ । दोस्रो–कविको ध्यानमा विगत आएर बस्दा शान्त र मस्तिष्क–शून्य अवस्थाका निर्दाेष र स्वप्निल अभिव्यक्तिहरू कविताले गुमाउँछन् । काव्यको खेलमा चन्द्रलाई यो उल्झनले कतै–कतै अप्ठेरो पारेको देखिन्छ । यद्यपि अप्ठ्यारो खेलमा उनी सहज रूपले चलायमान रहन खप्पिस देखिन्छन् । 
 

नोस्टाल्जिया र कथाको वाचनमा प्रवीण चन्द्रसित मैले भन्नु छ– तपाईंका कवितामा ‘स्पन्ट्यानिटी’ को अभाव छ । यद्यपि मलाई थाहा छ हाम्रो समय ध्यान र पर्खाइको विसर्जनको समय हो । 
कवि विलियम वर्डसवर्थले ‘स्पन्ट्यानिटी’ र ध्यानको कुरा उठाउँदा ती कुराका सन्दर्भमा उनको समय ठीक थियो– उथलपुथलविहीन, शालीन र शान्त समय । तर, हाम्रो समयमा हमेसा केही ढलिरहन्छ, केही उचाल्लिइरहन्छ, केही बदलिइरहन्छ । लाग्छ आज हरेक वस्तु र विचारसित आ–आफ्नै आँधी छ । समय निरन्तर रेसकोर्समा छ, निरन्तर स्पर्धा र तनावमा छ र ‘स्पन्ट्यानिटी’ एक अनिवार्य तर दुर्लभ चीज बन्दै गएको छ । कविहरूले त्यसको अप्ठेरो बढी झेलेका छन् । 
अघिल्लो पुस्ताका कविहरू रिमाल, भूपि आदिले बदलिँदो समाजको तनावमा कविता लेखे । हरेक राम्रो कवितालाई गतिशील समाजले चााडो प्रतिक्रिया दियो र बिर्सियो । समकालीन प्रतिभावान् कविहरू पनि आममानिसका कथा छातीमा बोकेर ‘स्पन्ट्यानिटी’ का लागि सहर, गाउँका कुनातिर लुक्दालुक्दै प्रख्यातभए– दुर्भाग्यवश, थोरै शक्तिशाली कविताहरू दिएर । अब त दुइटा राम्रा र शक्तिशाली कविता लेख्दा पनि धेरै हुने भो ।’ समय त्यस्तो छ । 
त्यसको विकल्प चन्द्रले भनेजस्तो ‘गद्य कवितामा कथा वचन’ हुन सक्ला ? कथाले काव्यको इतिहासभरिको महान् भूमिका निर्वाह गर्न सक्ला ? पागल, आमाको सपना, हामी वा मातेको मान्छेको भाषण... जस्ता कविताको ऊर्जा विस्फोटन गराउन सक्ला ? कथा आफैंमा महान् र लोकप्रिय विधा हुँदाहुँदै पनि उक्तिको जादू स्वस्फूर्त कवितामा नै छ । तर, कथा भन्दाभन्दै ती कुराहरू पनि झल्किए भने भोलि चन्द्रले ठूलो जस पाउनेछन् । 
 

कविका रूपमा चन्द्रका दुइटा विशेष खुबीहरू छन् । त्यसमा पहिलो हो– राजनीतिक, सामाजिक वा प्राकृतिक उथलपुथलमा आधारित रहेर कविता बुन्न सक्ने क्षमता । उनको पहिलो सङ्ग्रहको ‘भूकम्पपछिको धरान’ सम्भवत: भूकम्पपछि लेखिएको आजसम्मका नेपाली कविताहरूमा सबैभन्दा सटीक र सुन्दर कविता हो । दोस्रो संग्रहको शीर्षक कविता ‘काठको बाकस’ वा ‘गाउँको पुल’ पनि नेपाली आममानिसले अनेकपटक भोगेका दर्दनाक घटनाहरूमा आधारित छन् र छन्– सुन्दर र सुकुमार । उनको हरेक कथा अध्ययन हैन हृदयको चोटबाट सुरु हुन्छ र विस्तारित हुादै–हुँदै जान्छ । पाठकलाई ‘अहो, कविताको जन्म यसरी पनि हुन्छ’ भन्ने लागिहाल्छ । 
उनको दोस्रो खुबी हो– कवितामा सामान्य मानिसको केन्द्रीयता र तिनको भाषाको कलात्मक प्रयोग । उनको भाषाको ‘अभिजात प्रयोग’ कहीा छैन । तराईको, पहाडको, घासिया, हलिया, कमैयाको भाषामा उनका कविता फरर बोल्छन् र इतिहास, धर्म, सत्ता र शक्तिले थिचिएका, वर्जना र वञ्चनामा परेका मानिसहरूका त्रासदीका कथा भन्छन् । अहिले ‘रोमान्टिसिजम’ लाई ‘रोमान्स’ वा प्रेम–प्रणय भन्ठानेर धेरै कवि ‘म त्यो होइन, त्यस्तो केही लेख्तिनँ’ भनेर पर–पर पन्छिन्छन् । तर राजा–महाराजा, डयुक, राणा वा अर्लहरूलाई थपक्क भुइामा छाडेर साधारण मान्छेलाई नायक बनाई लेख्ने काम पहिलोपटक त्यही ‘रोमान्टिसिजम’, त्यही स्वच्छन्दतावादले गरेको हो । हामीले अति नै माया गरेको यथार्थवाद त्यसैको सहोदर भाइ हो । यस अर्थमा कवि चन्द्रको खुबी यौटा ‘रोमान्टिसिस्ट–रियलिस्ट’ को हो, यद्यपि उनको दाबी दोस्रोमा बढी छ । 
 

कवि चन्द्रलाई थाहा छ यो बहसको समय हो । समालोचकको सुख्खा बगरझौ फिाजारिएको 
पट्यारलाग्दो लेखनमा कविले स्पेस खोज्ने दिन बिदा भइसके । अहिले कविहरू स्वयम् बहस गरिरहेका छन् । पाठकहरू बहस गरिरहेका छन् । राम्रो कविता अहिले चराभन्दा टाढा उड्छ । 
हङकङ, कतार, मलेसिया, बेलायत, अमेरिका पुग्छ । कविलाई थाहा हुादैन– उसको कविता कहाा, कोसित, संवाद गरिरहेको छ । 
कम्तीमा दशकलाग्दो हो– एउटा कविले आफ्नो स्पेसको पत्तो लगाउन । त्यतिन्जेलसम्म नजिकको साथीले कविता भुलिसक्छ । गुट–उपगुटले पनि अर्को विषय भेटिसक्छ । बाफ भएर धेरै कप कफी उडिसक्छ । दशकौंपछि कुनै पाठक अझै कविता पढिरहेको छ भने त्यतैतिर हुन्छ– कविको स्पेस । 
साथीले प्रशंसा गर्नु वा समीक्षकले लछारपछार पार्नु बस् त्यो एक छिनको क्रीडा हो । बााकी काम कविताले नै कि गर्छ कि गर्दैन । चन्द्रका पनि केही कविता चरा भएर उड्लान्, केही समुद्रमा खसेको सिक्काझैं हराउलान् । कवि चन्द्रको स्पेसबारे एक दशकपछिको कफी गफ सााच्चै अर्थपूर्ण हुनेछ । 
 

मलाई मन परेको चन्द्रको कविताको विशेषता के पनि हो भने उनका कविता अति राजनीतिक प्रकोपबाट मुक्त छन् । दिन–दिनको राजनीतिक दिक्दारीबाट बच्न म कविताको, कथाको शरण लिन्छु । मलाई जीवनका बारे, अध्यात्म, मृत्यु, उदासी, प्रेमबारे, मानिसका गहिरा र जटिल ट्रयाजेडीबारे कविले बोलेको सुन्ने मन छ । राजनीतिक मुद्दा उठाएर बाझ्न सजिलो हुन्छ । सााच्चैको राजनीतिक वा अन्य कविता लेख्न गार्‍हो हुन्छ । राजनीतिक कविता भएर पनि रिमालको ‘आमाको सपना’ जस्तो, भूपिको ‘हो–चिमिन्हलाई चिठी’ जस्तो, कृष्णभूषण बलको ‘चैतको हावा’ जस्तो, आहूतिको ‘गहुँगोह्रो अफ्रिका’ जस्तो, श्रवण मुकारुङको ‘पुरानो मानिस’ जस्तो कविताले मलाई प्रभावित गर्दछन् । तर, प्राण नभएको कविताको बुख्यााचा स्वयम्मा आतङ्क हो । पेटमा दसवटा पटुका बााधी हिाड्नुभन्दा एउटा बच्चा जन्माउनु ठूलो कुरा हो, कवितामा अभिनयभन्दा अभ्यास महत्त्वपूर्ण हुन्छ । 
अन्तमा, चन्द्रले ‘काठको बाकस’ का एक–दुईवटा कविता प्रयोगमा ढालेका भए हुन्थ्यो भन्ने मलाई सङ्ग्रह पढुन्जेल लागिरह्यो । प्रयोग– कविताको भाषामा, शैलीमा, रूपमा, रूपकमा, संगीतमा– कुनै । हाम्रामा प्रयोग आयामेली कवितामा नै थाक्यो । कविता वाचन पनि हामीले उस्तो वास्ता गरेको विषय होइन । ‘मोनोटोनस’ खेलको खेलाडी हुादैछौं कि हामी । मलाई लगातार लागिरह्यो । 
कुनै कविता जेनबुद्धिस्टका जस्ता छोटा हुन सक्थे कि । कुनै गिन्सवर्गका जस्ता लामा–लामा सङ्गीतमय वाक्यले भरिएका कविता हुन सक्थे कि । कुनै हाइकुझैं कस्सिएका विम्बहरूले बन्न सक्थ्यो कि । कुनै कार्लोस विलियम्सको जस्तो भाषाको अति नाटकीय स्वरूपमा आउन सक्थ्यो कि । कुनै गीतजस्तो सरल, सुललित र कोमल हुन सक्थ्यो कि । कुनै एलिस वाकरका झैं वा अफ्रिकी ब्लुजझैं तेजिलो कटाक्ष हुन सक्थ्यो कि । कुनै वेदको ऋचा वा झााक्रीको मन्त्रझैं सुनिरहुा लाग्ने आभासहरूले मात्र पनि बन्न सक्थ्यो कि । यौटा व्यस्त ब्युरोक्र्याट कवि चन्द्रलाई समयको कत्रो तनाव होला । तर उनीझैं सक्रिय र कौशलयुक्त कविबाट चमत्कार टाढा छैन । 

 

 

प्रकाशित : फाल्गुन २२, २०७२ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?