कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

योजना

दिनेश अधिकारी

विद्युत् कटौतीको अवधि घटाउने योजना छ

सुनेको छु —
सरकार !
तिमीसाग —

साागुरा सडकहरु फराकिलो पार्ने योजना छ
फन पार्क बनाउने योजना छ
गाउा–गाउामा टेलिफोन पुर्‍याउने योजना छ
सेवा–निवृत्त पदाधिकारीका लागि
भवन निर्माणको योजना छ
गणतन्त्रस्तम्भ निर्माणको कार्यलाई
प्राथमिकताका साथ
छिट्टै सम्पन्न गर्ने योजना छ

यता मेरो पन्ध्रवर्षे छोरो भनें
कहिले सोह्र वर्ष पुगुाला
र एकैचोटि
नागरिकता र पासपोर्ट बनाएर
कामको खोजीमा
अरब उडुाला भन्ने योजनामा छ

मलाई थाहा छ —
तिमी उसलाई काम दिन सक्तैनौ
सरकार !
मेरो चासो यत्ति मात्रै हो —
अरब पुगेको मेरो छोरोलाई
ज्युादै फेरि यो देशमा फर्काउने
के तिमीसाग त्यस्तो कुनै योजना छ ?

प्रकाशित : माघ ८, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?