२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फेरिएको लिबाङ

कस्तो छ आजकल?

जया लुईंटेल


टुाडिखेलमा पाइला राख्नेबित्तिकै
सोधें मैले उनलाई
मलीन स्वरमा उनले भनिन्
‘सूर्य उदाएकै छ
रुखले छहारी दिएकै छ
काम गर्नेका हातमा
हासिया हथौडा रमाएकै छन् ।’
ए ! राम्रै रहेछ त ! मैले भनें
अनि,
पहिलो पटक मैलै आाखैअगाडि भेटिएकी
लिबाङलाई हेरें
उनले पनि मलाई पुलुक्क हेरिन्,
आँखा जुधे
उनका आँखाभरि आासु देखें
त्यही आँखा वरिपरि मुजा परेका छाला नियालें ।
सायद उनले पनि मेरो आाखामा
प्रश्नै प्रश्नको पहाड देखिन्
र सुइरय सुस्केरा हाल्दै
केवल यत्ति भनिन्,
‘नानी !
आजकल काँडेतारले बेरिएको छैन,
हिांड्न डर छैन, बोल्न डर छैन
मन आत्तिादैन
तर सूर्यको ताप पहिलेजस्तो रापिलो छैन,
रुखको छहारी पहिलेजस्तो शीतल छैन,
काम गर्नेहरुसाग हासिया हथौडाको पिरती पहिलेजस्तो गहिरो छैन,
सबै फेरिएको छ,
त्यसैले म पनि फेरिएको छु
अब लिबाङ (म) पहिलेजस्तो छैन !’

प्रकाशित : माघ ८, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?