कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लिम्बुनी गाउँ


पारि देखिन्छ– गाउँ

राज माङलाक



तल खोला तरेर
उकालो लागेपछि
आमाको हत्केलामा
टुकुरटुकुर हिँडेर पुगिन्छ– लिम्बुनी गाउँ ।

त्यहाँ–
धान नाच्दै हुन्छन् तरूनी छोरीहरू
जाँडको डबुको राखेर हाक्पारे गाउँदै हुन्छन् बूढापाका
तङ्सिङ अनुष्ठान गर्दै हुन्छन् फेदाङ्माहरू

–कुपीको उज्यालोमा देखिन्छ
 आफ्नै सभ्यता
– फलैंचामा बसेर देखिन्छ
 पुर्खाको इतिहास
– बाँसको टुप्पा हल्लिादाहल्लिादै देखिन्छ
 आमाको माया

अझ माथि पुगेपछि देखिन्छ
नाकमा टल्किएका ढुङ्ग्री–मुन्द्रीजस्ता घरहरू
र आाखाजस्ता पाठशालाहरू

त्यहाँ–
खोस्रेर हेर्‍यो भने देखिन्छ
हरेक बिहानीले छोडेका बालापनहरू
त्यहीँका जूनतारालाई जिम्मा दिएर हिाडेको सौन्दर्य
र नब्बे सालको आपत् पनि

त्यहीँ छ
हार्दिकता र आत्मीयताले
छपक्क भिजेको माटो

गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
आगेनाछेउमा बसेर लिम्बू दाजुभाइहरू
चुम्लुङ बसिरहेका हुन्छन्

यो देश हाम्रो पनि हो भनेर ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?