के ट्वीटर डुब्दै छ ?

वाल स्ट्रिटबाहेकका अन्य स्थानमा टेक्नोलोजी फर्म जीवित रहन सक्छ ?

केही महिनायता ट्वीटर चर्चाको केन्द्रमा रहयो । यसरी चर्चामा रहनु हरेक कम्पनीको सपना हुन्छ । राजनीतिज्ञ, कर्पोरेटका हाकिमहरू, अधिकारवादी र आम मानिससम्म सबै जना अमेरिकी राष्ट्रपतिको नयाँ ट्वीट पढ्न यस प्ल्याटफर्ममा झुम्मिरहन्छन् ।

के ट्वीटर डुब्दै छ ?

‘पूरै विश्वले ट्वीटर हेरिरहेको छ,’ ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोरसेले फेब्रुअरी ९ मा एक तथ्यांक प्रस्तुतिका क्रममा भने । तर, उनीसँग गर्नका लागि अन्य केही कुरा पनि थिएन ।
यद्यपि लड्खडाइरहेको यस कम्पनीलाई डोनाल्ड ट्रम्पले सोचेअनुरूपको बढावा दिन सकेनन् । केही समययता ट्वीटरको आर्थिक वृद्धि निकै सुस्त छ भने १६७ मिलियन डलर घाटा बेहोरिरहेको छ । प्रयोगकर्ताको वृद्धिदर पनि निकै न्यून छ । फेसबुकले ७ कोरड २० लाख प्रयोगकर्ता जोड्दा ट्वीटरले मात्र २० लाख जोड्न सफल रहयो । ट्वीटरको सेयर मूल्यमा पनि १२ प्रतिशतको गिरावट आएको थियो ।
विश्वका लगभग सबै मिडियामा राष्ट्रपति ट्रम्पका सेन्सेसनल ट्वीटका बारे समाचारहरू सम्प्रेषित हुने भए पनि यसले धेरैलाई ट्वीटरप्रति आकर्षित गराउन भने सकेको छैन । ट्रम्प पनि ट्वीटर कहिल्यै फेसबुक बन्न नसक्ने तथ्यलाई उल्टाउन सक्ने स्थितिमा छैनन् । तर यो विश्वका धेरै महत्त्वपूर्ण हस्तीहरूका लागि ३१ करोड ९० लाख प्रयोगकर्तासँग साक्षात्कार गर्ने राम्रो माध्यम हो । यसले ‘अरब स्प्रिङ’ र ‘ब्ल्याक लाइभ्स् म्याटर’ जस्ता आन्दोलनका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
यसको पहिचान नै यसको स्वतन्त्र प्रकृति हो । यसमा विज्ञापन हाले प्रयोगकर्ताहरू घट्ने डर रहन्छ ।
ट्वीटरका हालका केही आर्थिक विवरणहरूले यसलाई सार्वजनिक कम्पनी बनाइनुहुन्न बरु सहकारीको रूपमा लैजानुपर्छ भन्नेहरूको मनोबललाई झनै उच्च बनाइदिन्छ । धेरैको विचारमा यो सार्वजनिक उपभोग्य वस्तु हो— आम मानिसको साझा मञ्च । त्यसैले यसको प्रबन्धकहरूले आर्थिक लाभभन्दा बढी जनभावनाको कदर गर्नुपर्छ । यदि यो प्रयोगकर्ताहरूबाटै सहकारीको रूपमा विकसित भयो भने लगानीकर्ताहरूको अनावश्यक दबाबबाट मुक्त हुन सक्छ ।
सहकारीकै रूपमा ट्वीटरलाई विकास गर्ने बहसको टुंगोमा यति सजिलै पुग्न सकिन्न । किनकि यसको हालको बजार मूल्य १२ अर्ब डलर बढी छ । जुन लगानीकर्ताहरूले त्यसै गुमाउन चाहँदैनन् । यसले सबै कम्पनीलाई सार्वजनिक लगानीका लागि खुला गर्नु हुन्छ या हुँदैन भन्ने अर्को बहस पनि अगाडि सारिदिएको छ ।
विकल्पहरू धेरै छन् । तर कुन विकल्प ट्वीटरका लागि ठीक हुन्छ त्यो ठम्याउन भने उति सहज छैन । लगानीकर्ताको आर्थिक महत्त्वाकांक्षालाई टाढा राखेर कम्पनी चलाउने मोडलको प्रयोग यसमा गर्न सकिन्छ कि सकिँदैन यसै भन्न सकिने अवस्था छैन । मूल्यमा धेरै नै गिरावट आए अन्य कुनै टेक कम्पनीले यसलाई खरिद गरेर केही परिवर्तन गर्न सक्ने विषयलाई नकार्न सकिन्न ।
(‘दि इकनमिस्ट’ म्यागजिनबाट साभार)

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?