कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आँसुले भिजेको मरूभूमि

आमाको मायाजस्तो घाम उतै छ

बाबाको छायाजस्तो जुन उतै छ
प्रियसीको स्पर्शजस्तो हावा
र बहिनीले बनाएको सर्बतजस्तो पानी उतै छ
सम्झनाको तरेलीमा अल्झिएको
केवल एक मुठी सास छ मसाग यहाँ

खल्तीको घाउ दुखेर खपिनसक्नु भएपछि
हजुरबाको हस्तीहाड बन्दकी राखेर
आँसु लुकाउादै अरब आएको हुँ
आगो पठाउन आगेनोमा
भोकको भूकम्पले हल्लाएपछि घरको जग
पूरै जिन्दगी दाउमा लगाएर
कलिलो उमेरमा गाण्डीव उठाएको हुँ
प्राण बचाउन परिवारको

जीवनको जंगलमा सपनाका सुसेलीहरू हाल्दै
आफ्नै आगनमा वसन्त बोलाएर
बौसको गीत गाउनुपर्ने बेला
बिरानो बस्तीमा आएर आासु बगाइरहेको छु
समयको सागरमा सम्भावनाको डुङ्गा खियाउादै
विश्वविद्यालयका उज्याला भित्ताहरूमा
सुन्दर भविष्य सजाउनुपर्ने बेला
तातो बालुवामा छाती धसिरहेको छु

बाँझो पल्टाइरहेको गोरूले
निर्दयी हलीको चुटाइ खाएझैँ
अर्बबको लगातारको लात सहनुपर्दा
सुरूसुरूमा– अमरसिंहको आत्माले
आफूलाई धिक्कारेजस्तो लाग्दथ्यो
ऊाटहरूको बथानमा वर्षौँ बिताउँदा
कति बेला ! आफौँ ऊँट भइसकेछु
अब त यातनाहरू मेरा लागि
घोडालाई कोर्रासरह भएका छन्

अदक्ष डाक्टरहरूको असफल उपचारद्वारा
भेन्टिलेटरमा पुर्‍याइएको देशलाई
आवश्यक अक्सिजन जुटाउन
साठी डिग्री सेन्टिग्रेडमा म
मरूभूमिमा परेड खेलिरहेछु
हरेक वर्ष बर्खा लागेपछि
सपनाको खेती गर्ने सरकार
रगतसाग साटेको रेमिटान्समा
र्‍याल चुहाइरहेछ ।।

- सोझो गाउँले

प्रकाशित : चैत्र ५, २०७३ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?