३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भाले जुधाइ

ददि सापकोटा

फागुन लागेपछि निलसर चराका भालेहरूमा वैंश भरिन्छ । त्यसपछि उनीहरू पोथीहरूको खोजीमा चहार्छन् । यी चरामा पोथीको संख्या कम हुन्छ । त्यसैले भालेहरू पोथी ओगट्न एक अर्कामा लडाइँ गर्छन् ।

भाले जुधाइ

पोथीलाई आफ्नो काबुमा राख्न कहिलेकाहीं बलियो भालेले कमजोरको हत्या गरिदिन्छ । धेरै भालेहरू मिलेर पोथीको सामूहिक बलात्कारसमेत गर्छन् । मैमत्त भालेहरूको संख्या बढी हुनाले यिनको ध्याउन्न कसरी पोथी ओगट्ने र नपाएको खण्डमा सामूहिक बलात्कार गर्ने भन्ने हुन्छ । मात्तिएका भालेहरूले पोथीका बचेरा मारिदिने प्रयाससमेत गर्छन् । माऊ पोथीहरूले आफ्नो हर्मोन र शक्ति सबै बचेरा हुर्काउन लगानी गर्ने भएकाले उनीहरू बचेरा नहुर्किउन्जेल सम्भोगका लागि तयार हुँदैनन् । भालेहरूलाई यसबारे राम्रो जानकारी हुनाले उनीहरू पोथीका गुँड भत्काइदिने, गुँडमै गएर बलात्कार गर्ने र खोजीखोजी बचेरा मारेर पोथीलाई एक्लो पार्ने रणनीति अपनाउँछन् । पोथीहरूलाई ऋतुकालका बेला बचेरा जोगाउन मात्रै होइन आफ्नै शरीर जोगाउन पनि हम्मेहम्मे पर्छ ।

किनकि सम्भोगको तिर्खाले पागल बनेका भालेहरूले त्यस्तो अवसर नपाउँदा पोथीलाई ठुंग्ने, भुतल्ने र यातना दिनेसमेत गर्छन् । यसरी भालेको झम्टाइ र कुटाइमा परेका पोथीहरूले कहिलेकाहीा भालेहरू परै देख्दा पनि आफ्नो मुली भालेसित सहयोगको याचना गर्छन् ।



प्रकाशित : वैशाख २, २०७४ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?