कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औंलाहरुको कोरस

कविता
सङ्गीत श्रोता

औंलाहरुले भने–
नयाा गीत गाउनका लागि
हामी फेरि जुट्दै छौा!

औंलाहरुले भने–
नयाा गीत गाउनका लागि
हामी फेरि जुट्दै छौा!

ओडारबाट निस्केर
हामीले घर बनायौं
घर–घरमा मन जोडेर
गाउा–सहर बनायौं

जब तिर्खायो पृथ्वी यो
अञ्जुली बनेर हामीले पानी उघायौा
जब हुरीको बीचमा धिपधिप गरे दीपकहरु
हत्केला बनेर हामीले छेकारो लगायौा
फूलका बिरुवाहरुमा उकेरा लगायौं
बच्चाहरुका थिरथिरीलाई ताते गरायौा

आगोलाई डोर्‍याएर चुलामा पुर्‍यायौा
पानीलाई फकाएर घैंटामा बसायौा
माटोलाई अन्नका जराहरु उपहार दियौा
ढुंगामा मूर्तिका प्राणहरु भर्‍यौा

जब कागज निख्लै र रित्तै थियो
उसलाई हामीले अक्षरहरु दियौा
जब बतास सुनसान–सुनसान थियो
उसलाई मुरलीको सारेगम दियौा
निवासहरुलाई एउटा ढोका दियौा
सुवासहरुलाई धेरै झ्यालहरु दियौा

औंलाहरुले भने–
र, फेरि गीत गाउनका लागि
हामी जुट्दै छौा!

जब पृथ्वीको यो कलिलो घााटीमा
कसैले दाात गाड्न खोजिरहेछ
जब आकाशको यो अनुहार चिथोर्न
कसैले नङ्ग्रा फैलाइरहेछ
उसलाई भन्दिनुस्–
छैनौा, कतै छुटेका छैनौा
हामी मुठ्ठी बनेर फेरि उठ्दै छौं!

औंलाहरुले भने–
गीत गाउनका लागि
हामी फेरि जुट्दै छौा!

प्रकाशित : वैशाख ९, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?