कोसेली

Koseli

बुद्धको काठमाडौं यात्रा !

बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् ।

बुद्धको काठमाडौं यात्रा !

धुर्मुस–सुन्तली पनि के कम ?

त्यसो त सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) कलावृत्त मात्र होइन, नेपाली समाजकै लागि ‘रोल मोडल’ बनेका छन् । एकीकृत बस्ती निर्माणमा ‘ह्याट्रिक’ जो पूरा गरे । यद्यपि उनीहरूलाई परिचय दिलाएको त हास्यकलाकारिताले नै हो ।

धुर्मुस–सुन्तली पनि के कम ?

जमानाका ह्यान्डसम खलनायक

संवत् २०५५ को कुनै अपराह्न । हामी केही साथी भेला भएर, सायद ‘अशोक’ भन्ने हलमा फिल्म हेर्न गयौं । फिल्म त ठीकै खालको थियो । जुन पनि फिल्म हेर्ने हुनाले हेरियो । फिल्ममा ओमप्रकाशको जन्म दिनको पार्टीमा एउटा २२ वर्ष जतिको युवकले नायिकालाई, ‘म्यारिज इटालियन स्टाइल’ हेर्न जाने प्रस्ताव राख्दछ, तर नायिका मान्दिन ।

जमानाका ह्यान्डसम खलनायक

ठूलाकै वर्चस्व

अर्जेन्टिनी फरवार्ड गोन्जालो हिग्वाइनले स्पेनी महारथी रियल म्याड्रिडबाट सन् २००७ देखि २०१३ सम्म खेलेका थिए । उनले रियलबाट च्याम्पियन्स लिगमा ४८ खेल खेलेर पनि नौ गोल मात्र गरेका थिए । नकआउट चरणमा उनको प्रदर्शन अझ खराब थियो । उनले नकआउटका २० खेलमा २ गोल मात्र गरेका थिए ।

ठूलाकै वर्चस्व

आँखाले देखेको उत्तरकोरिया

२०७३ चैत ३१ गते जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) पुगियो । चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एयरको उडानद्वारा स्थानीय समयानुसार साँझ ८ बजेतिर हामी कोरियाको राजधानी प्वाङयाङ उत्रियौं ।

आँखाले देखेको उत्तरकोरिया

नलेखिएका पुस्तक पाठ्यक्रममा

विश्वविद्यालय भनेको विद्या आर्जन गर्ने सर्वाेच्च निकाय हो भन्ने अर्थ, परिभाषा एवं धारणामा परिवर्तन गरेर अहिले हाम्रो सन्दर्भमा चाहिँ अर्थोकै बुझ्ने बेला भएको तथ्य कसैबाट छिपेको छैन । विश्वमै अत्यन्त आदर एवं सम्मानका साथ हेरिने विश्वविद्यालय नेपालका सन्दर्भमा चाहिँ विभिन्न दलको परेड खेल्ने मैदान बनेको कुरामा कसैको विमति नहोला ।

नलेखिएका पुस्तक पाठ्यक्रममा

दाउन्ने जंगलमा ‘मायादेवी’

बौद्ध धर्म–दर्शन र विशेषत: मायादेवी –भगवान् बुद्धकी आमा) को त्याग–तपस्यापूर्ण जीवनका बारे झन्डै आधा शताब्दीयता सोधखोजमा लाग्दै आएकी जापानी अन्वेषक हुन्— हारुयो मासुदा । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र यो वरपरका बौद्ध सम्पदाहरूका बारेमा सोधीखोजीमा लाग्ने धेरै अध्येता छन् ।

दाउन्ने जंगलमा ‘मायादेवी’

भूमिको अथइति

जब मिसनरीहरू आफ्रिका आएका थिए, उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन । उनीहरूले भने, ल अब प्रार्थना गरौं । हामीले आँखा चिम्लियौं । जब आँखा खोल्यौं, हाम्रो हातमा बाइबल र उनीहरूसँग जमिन थियो ।’

भूमिको अथइति

सम्धीलाई पुस्तक उपहार!

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीले आफूले श्रद्धापूर्वक हस्ताक्षर गरेर त्रिविकै सह–प्राध्यापक एवं साहित्यकार पोषरमण चापागाईंलाई दिएका आफ्ना पछिल्ला दुई कृति– ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’ (समालोचना) र ‘भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका’ फुटपाथको पुस्तक पसलमा भेटेर आश्चर्यचकित भए ।

सम्धीलाई पुस्तक उपहार!

ओझेलमा चुरिया सुरुङ

मानव निर्मित सुरुङको इतिहास पुरानो छ । इसापुर्व ३६ मै इटालीको नेपल्स र पोजोली जोड्ने ४ हजार ८ सय फिट चौडाइ र ३० फिट उचाइको सुरुङ बनेको थियो । युरोपमा सुरुङलाई सुरुसुरुमा मूलत: खानी उत्खनन र सामरिक उपयोगमा बढी प्रयोग गरिएको पाइन्छ ।

ओझेलमा चुरिया सुरुङ

पौरखी गाउँ तकसेरा

एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।

पौरखी गाउँ तकसेरा

गुरु सरको सम्झना

पाँचथर रवि क्षेत्रको शिक्षामा झन्डै ५ दशक बिताउनुभएका पण्डित लग्नप्रसाद खनालमाथि ‘ओबिचुअरी’ हो यो । आजीवन ‘लो प्रोफाइल’ मा बसेर अग्लो छाप छाडी जानुभएका उहाँबारे महानताको उत्रो वर्णन छैन, तर नहुँदा पनि भन्नैपर्ने केही खास छ ।

गुरु सरको सम्झना

यसरी जन्म्यो हरिबहादुर

किताबलाई खान दिनु पर्दैन । लाउन दिनु पनि पर्दैन । घरमा एउटा सानो ठाउँमा बस्न दिए पुग्छ । किताब कहिल्यै रिसाउँदा पनि रिसाउँदैन । घुर्की पनि लगाउँदैन । किताबले कहिल्यै झगडा गर्दैन । मुख पनि फर्काउँदैन । किताबलाई चाहेको बेला पल्टाएर पढ्न सकिन्छ र बन्द गरेर राख्न सकिन्छ ।

यसरी जन्म्यो हरिबहादुर

प्रिग्नेन्सी टेस्ट

काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ ।

प्रिग्नेन्सी टेस्ट

बुद्धका दस विपत्ति

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

बुद्धका दस विपत्ति