कोसेली

Koseli

कंकाल सम्याएर उभिएको विकास

६ अप्रिल १९९४ को साँझ । रुवान्डाका राष्ट्रपति जुभेनाल हाबियारिमाना र बुरुन्डीका राष्ट्रपति सिप्रियों एन्टारियामिरासहित एक दर्जन विशिस्ट यात्रु बोकेको जहाज किगाली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै थियो । त्यही बेला जहाजमा रकेट लाउन्चर प्रहार गरियो । दुई देशका राष्ट्रपतिलगायत उच्च नेतृत्वलाई लक्षित गर्दै जमिनबाट हानिएको उक्त रकेट लाउन्चरका कारण ठूलो विस्फोट भयो र जहाज ढुन्मुनिँदै विमानस्थल नजिकै रहेको राष्ट्रपतिको घरछेउमै बज्रियो । जहाजमा रहेका दुई देशका राष्ट्रपतिसहित सबैको दु:खद अवसान हुन पुग्यो ।

कंकाल सम्याएर उभिएको विकास

फेरि ‘नम्बर वान’

देश चुनावी सरगर्मीले तातेको बेला, त्यो पनि जम्माजम्मी २ हजार सब्सक्राइबर भएको युट्युब च्यानलबाट सार्वजनिक भयो यो गीत २९ वैशाखमा । तैपनि अपलोडको पर्सिपल्टबाटै युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थानमा छायो ।

फेरि ‘नम्बर वान’

बुझिनसक्नु बजार

नेपाली फिल्मको बजार कस्तो छ ? कतिसम्मका लगानीलाई सुरक्षित मान्न सकिन्छ ? यी प्रश्नको जवाफ स्वयं नेपाली फिल्मकर्मीसँग पनि छैन । जनसंख्याको मुस्किलले दुई प्रतिशतले नेपाली फिल्म हेर्ने अनुमान गरिन्छ । बजार फैलाउनमा भन्दा फिल्मले बजेट घटाइरहेका छन् ।

बुझिनसक्नु बजार

रोमका छोरा

सन् १९२७ एएस रोमाको जन्म भएको थियो, रोमका त्यति बेलाका तीन क्लब एकै स्थानमा गाभिएर । यसको कारण थियो, इटालीको फुटबलमा उत्तरतर्फका क्लबको वर्चस्व तोड्न । यस पछाडिका योजनाकार थिए, फासिस्ट तानाशाही बेनिटो मुसोलिनी ।

रोमका छोरा

उपाधि होड

इंग्लिस प्रिमियर लिगमा आएको पहिलो सिजनमै एन्टोनियो कोन्टेले चेल्सीलाई दुई खेलअगावै च्याम्पियन बनाए । गएको सिजन चेल्सीबाट वर्खास्त गरिएका जोसे मोउरिन्होले सम्हालेको म्यानचेस्टर युनाइटेड भने च्याम्पियन्स लिगमा छनोट हुन पनि युरोपा लिगको फाइनलमा च्याँखे थापेर बसेको छ । जर्मनीमा बायर्न म्युनिखले लगातार पाँचौंपल्ट बुन्डेस लिगा कब्जा गरिसकेको छ ।

उपाधि होड

ओछ्याउने धर्ती, ओढ्ने आकाश

नेपालमा रहेका तिब्बतीका बारेमा जब नेपाली पत्रपत्रिकामा खबर आउँछन्, तब मुस्ताङका नोर्बु फुञ्चोकको कान ठाडा हुन्छन् । पहिलो, तिब्बतीका बारेमा समाचार कसरी प्रस्तुति गरिएको छ र दोस्रो, त्यसमा मुस्ताङलाई कसरी जोडिएको छ ?

ओछ्याउने धर्ती, ओढ्ने आकाश

अलौकिक लोमन्थाङ

ओसार, तँ फोटो खिच्छस्, कापीमा लेख्छस् र यो दुई ओटै गर्नुनपर्ने एउटा उपाय सिकाउँछु, मान्छस् ? आँखाले हेर्ने, मनमा साँच्ने, भइहाल्छ नि बेकारमा लेख्ने र खिच्ने केको झन्झट ?’ लोमान्थाङवासी आङ्गेल गुरुङ एक थान नि:शुल्क सुझाव दिन्छन्, ‘पर्खालभित्रको राजधानी’ मा दामोदर पुडासैनी ‘किशोर’ लाई ।

 अलौकिक लोमन्थाङ

कोरियाली राष्ट्रपतिको नेपाल साइनो

दक्षिण कोरियामा भ्रष्टाचारले जरो गाड्यो । राष्ट्रप्रमुख नै यसमा संलग्न रहे । यसको विरुद्धमा जागे जनता । यसैबारे त्यहाँका युवाबीच बहस चलिरहँदा उनीहरूका अगुवा मुन जेए–इन दुई सहयोगीसहित सुटुक्क नेपाल आए । दुई साता यतै बिताए । त्यता उनको खोजी भइरह्यो ।

कोरियाली राष्ट्रपतिको नेपाल साइनो

छन दाइको नेपाली मन

महाभूकम्पको तेस्रो दिन दक्षिण कोरियाबाट ४७ जना डाक्टर काठमाडौं उत्रिए । घाइते भूकम्पपीडितको उपचारमा खटिएका स्वदेशी–विदेशी चिकित्सकको भीडमा तिनीहरू पनि मिसिए । तीन टोली बनाएर तीनतिरै लागे– नुवाकोट, काठमाडौंको साँखु र ललितपुरको मानिखेल ।

छन दाइको नेपाली मन

अनौठो उरै

यात्रा उसै पनि अविस्मरणीय हुन्छन् । यात्राका दौरान सँगालेका अनुभव र आनन्द पछिसम्मका लागि मानसिक पुनर्ताजगीका माध्यम बन्न सक्छ । उरै भञ्जाङ यात्राको छाप पनि त्यस्तै छ मेरो मनमा ।

अनौठो उरै

बेचिएकीको वेदना

चैत सकिन लाग्दै थियो । उराठलाग्दो गाइँगुइँ चल्यो— आफ्नै फुपूबाट भदैनी बेचिएको । ढिलो मात्र बाबुले छोरीलाई कोठीमा लगेर छोरी बिक्री गरिएको थाहा पाएका थिए । र, ठूलै प्रयासमा शान्ति पुन:स्थापनागृहको अगुवाइमा चितवन पदमपुरकी १५ वर्षीया चन्द्रा (नाम परिवर्तन) को चैत दोस्रो साता उद्धार गरियो ।

बेचिएकीको वेदना

फेरि अर्को ‘रुवाबासी’

पहिलोपल्ट अमेरिका उडेको अस्ति मे चौधमा चार वर्ष पुगेछ । त्यस बेला लागेको थिएन म यति लामो समयसम्म त्यहाँ बस्नेछु । छ महिनाभित्रमै फर्किसक्ने गरी गएको म पाँच महिनामै फर्किएको थिएँ । यो पाँच महिनामा मैले एक हजार पचास डलरको प्लेनको भाडा ऋण र पाँच महिनाको अमेरिका बसाइमा तयार गरिएको युरोप भ्रमणको संस्मरणको कृति ‘कागजको मान्छे’ बोकेर आएको थिएँ । यता यादवहरूले ‘झोला’ कथालाई चलचित्रमा उतारिसकेका थिए । एकैचोटि दुइटै कृति सार्वजनिक भए पुस्तक र फिल्मका रूपमा ।

फेरि अर्को ‘रुवाबासी’