१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘स्वयम्भूमा एउटा बुद्ध’

‘स्वयम्भूमा एउटा बुद्ध’

बिना थिङ तामाङ

सृष्टिको हजारौं वर्षपछि
सम्भावित प्रलयको अघिल्लो सन्ध्यामा
खै कुन आसक्तिले हो
आमाले भन्नुभयो
कमलको फूल र तिमी उस्तै छौ
आपाले भन्नुभयो
भृकुटी (हरिततारा) र तिमी उस्तै हौ

मैले मानें म फूल हुँ
फुल्नु धर्म हो
पुष्पदलको माथिल्लो तहमा फुलाएा पुनस्गुरू रेम्बोर्छे
मैले मानें म तारा हुँ
बोकेर हिाडें फेरि एकपटक ज्योबो बुद्ध

यतिखेर,
म हरिततारा हजारौं अरु ताराहरुसाग
यो भूगोलको अन्तिम विन्दुसम्मै यात्रारत छु
मलाई स्थापित गराउनु छ
कुनै सम्या गुम्बामा ज्योबो बुद्ध
र रोक्नु छ उदाउन त्यो सात घाम, सात जून
ताम्बाले भनेजस्तो
माटो मैन नबनोस्
ढुंगा मैन नबनोस्
र उन्युमा फूल नफुलोस्

तर
यहाँ त कि जिउँदो जाग्दो मान्छेहरुको लासको पहाड छ
कि रगतको नदी छ
हातहातमा बोकेर बुद्ध,
किन बोलिरहेछ यिनीहरु हिंसाको भाषा ?
किन भत्काइरहेछ मान्छेहरु आफ्नै सभ्यताको पर्खाल ?
कसरी सकेका कोमल हृदयको फक्लेटा बनाउन ?
यहाा देखिएको छ विचारको विभाजित आकाश
आखिर यो विभाजनको अन्तिम स्वरुप कस्तो हुन्छ?

मलाई, तिमीलाई, हामीलाई त
बनाउनु छ शान्तिको आयतन यति फराकिलो कि
जति यो भूगोलमा दज्र्युको फैलावट छ
हामी सब सब विध्वंस हैन विनिर्माणमा विश्वास गर्छौं
आखिर हाम्रा पुर्खाहरु शान्तिका दूत थिए

आमाले त भन्नुभएकै हो,
उहिल्यै ह्वाङ नदीको किनारैकिनार
दौडिएर
उत्तरी हिमशृंखला बेपत्ता नाघेर आउने
श्वेत घोडाको
पदचाप खोतल्यौ भने
भेट्नेछौ तिम्रो आखेको जोर आाखाहरु
जसले उहिल्यैदेखि शान्तिको दियो बालेर उभ्याएका थिए
स्वयम्भूमा एउटा ‘बुद्ध’

नोट–
गुरु रेम्बोर्छे (गुरु पद्मसम्भव जसको उत्पत्ति कमलको फूलमा भएको मान्यता छ ।)
हरिततारा (बौद्ध धर्मावलम्बीले भृकुटीलाई बोलाउने नाम)
सम्या गुम्बा (तिब्बतमा निर्माण भएको पहिलो गुम्बा)
ज्योबो बुद्ध (नेपालबाट भृकुटीले तिब्बतमा पहिलोपटक बौद्ध धर्म स्थापित गराउन स्रङ्चोङ गम्पोसँग विवाह गरेर जाँदा लगेको बुद्धको प्रतिमा, त्यसअघि तिब्बतमा बोन धर्म थियो)
ताम्बा (तामाङ जातिमा प्रकृति, संस्कृति व्याख्याता)
आखे (हजुरबा)

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?