कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सहरलाई निद्रा लाग्दैन

कविता
लक्ष्मी माली


के हो केहो आजभोलि
सहरलाई निद्रा लाग्दैन


के हो केहो आजभोलि
सहरलाई निद्रा लाग्दैन

दिनभरि दौडधुप
धूवाँधूलोसँग जुध्दाजुध्दै
आवाजहरुसँग पैंठेजोरी खेल्दाखेल्दै
हैरान हैरान छ सहर
केहो केहो आजभोलि
सहरलाई निद्रा लाग्दैन

सहरको सभ्यता
सहरको जीवन प्रारम्भ
बाग्मती विष्णुमतीहरु
जन्मिंदा स्वस्थ सबल
किशोरावस्थामा पुग्दा नपुग्दै
महारोगीजस्तै
घाउ नै घाउ
ठस्स गन्हाउने
छुन पनि घीनलाग्दो
हेर्दाहेर्दै
थकित थकित छ
चकित चकित छ
के हो के हो आजभोलि
सहरलाई निद्रा लाग्दैन

उत्तरबाट हिउा छोएर बहने स्वच्छ हावा
सहर पुग्दा नपुग्दै
कुहिएको सिनो बाफिादै
नाकै पाक्ने दुर्गन्धित भएर
श्वास फेर्नै नसक्ने
के हो के हो आजभोलि
सहरलाई निद्रा लाग्दैन

पहाड मधेसका गाउाहरु
आध्यारो सहरसाग
उज्यालो माग्दै
रोगी सहरसाग
उपचार माग्दै
सहर पसेका छन्
सहर आफैं
पुरिएको छ फोहोरका डुंगुरहरुबाट
पन्छाउन सकेको छैन
आफ्नै बोझ
खुलाउन सकेको छैन
आफ्नै निकास
गाउाको जुलुस र माग देखेर
के हो के हो आजभोलि
सहरलाई निद्रा लाग्दैन

आफौ सम्हालिन नसकेको
गन्तव्यहीन सहरसाग
भविष्य खोज्न आइरहेछन् गाउाहरु
सहर आफैं हराइरहेछ कतै
आफूलाई खोज्न सहर पसेका छन गाउाहरु
सहर विचलित छ
विशृंखलित छ
के हो के हो आजभोलि
सहरलाई निद्रा लाग्दैन

सहरका खोसिएका शान्तिहरु
घामसाग अस्ताउने कौमार्यहरु
जूनसाग मौलाउने विकृतिहरु
विखण्डित संस्कारहरु
भत्किएका संरचनाहरुको
मुआब्जा खै?
कोसाग माग्ने
अरुलाई बााडेर आश्वासन
आफैं अलमलिरहेको छ
अत्तालिरहेको छ
के हो के हो आजभोलि
सहरलाई निद्रा लाग्दैन।

प्रकाशित : श्रावण ७, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?