कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जगाउनु छ एउटा दावाग्नि

कविता
रामेश्वरी पन्त

आफ्नै बीजलाई बलात्कार गरेर
यौनको भोक मेटाइरहेका बाबुहरुका
घिनलाग्दा समाचारहरु,
नाबालक छोरी च्यापेर

आफ्नै बीजलाई बलात्कार गरेर

यौनको भोक मेटाइरहेका बाबुहरुका
घिनलाग्दा समाचारहरु,
नाबालक छोरी च्यापेर
लोग्नेविरूद्ध
बलात्कारको उजुरी दिन
पुलिसचौकी धाएकी
एउटी आमाको विवशताको खबर
अखबारका पानाहरुमा पढिरहेकी
मेरी छोरीलाई म
‘पिता रक्षति कौमार्य’ भनेर
कसरी सुनाउन सक्छु ?

भन्न सक्छु ?
‘छोरी तिमी सुरक्षित छौ ।’

पैसाका लागि स्वास्नी बेच्ने
भने जति दाइजो नपाउादा आगो लगाउने
रिस उठे गर्दन छिनाउने
लोग्नेहरुका गाथा
दिनहुा अखबारका पानाहरुमा पढिरहेकी मेरी छोरीलाई
‘भर्ता रक्षति यौवने’ भनेर
कसरी सुनाउन सक्छु ?

भन्न सक्छु ?
‘छोरी तिमी सुरक्षित हुनेछौ ।’

सारङ्गीजस्तो पेट
इनारजस्ता आाखा
बाासको जराजस्तो कपाल
ओखरजस्तो अनुहार
रोगले थला परेको शरीरलाई
सडकपेटीमा अड्याएर
भिख मागिरहेका आमाहरुलाई,

अनेक आशा र उमङ्गका फूलहरुले
सुदूर सपना सजाउादै
सन्तानको खुसीमा
आफ्नो खुसी बलि चढाएका
कैयौा आमाहरु
वृद्धाश्रमको छिाडीमा बसेर
जीवनको अन्तिम श्वास कुरिरहेका
देखिरहेकी मेरी छोरीलाई
‘रक्षन्ति स्थविरे पुत्र:’ भन्दै
कसरी सुनाउन सक्छु ?

भन्न सक्छु ?
‘छोरी ! हाम्रो बुढ्यौली सुरक्षित छ ।’

हे धर्मका ठेकेदारहरु हो !
जहाा
दूधे नानीहरुदेखि
असीवर्षे वृद्धाहरु बलात्कृत भइरहन्छन्
त्यहाा
कसरी सुनाउन सक्छौ गर्वसाथ ?
‘यत्र नार्यस्तु पूज्यन्ते
रम्यते तत्र देवता !’

कसरी पत्याऊा म ?
कसरी विश्वास गर्न सक्छे मेरी छोरी ?
‘पिता रक्षति कौमार्य
भर्ता रक्षति यौवने
रक्षन्ति स्थविरे पुत्र:
न स्त्री स्वातन्त्र्यर्महति ।’

हो ! बरू तिमीहरु
उनीहरु

यो सारा दुनिाया
चाहन्छ अझै पनि
‘स्त्रीहरु कहिल्यै स्वतन्त्र हुनु हुादैन’

त्यसैले–
हरेक दिन सखारै
अखबारका पानाहरुले
बलात्कारी बाबुहरुका
हजुरबाबुहरुका

अबोध जिन्दगी निमोठ्ने
कथित ‘मर्द’ हरुका
घीनलाग्दा बहादुरीहरु
बान्ता गरिरहादा
मेरो कोठाको दराजबाट
मनुस्मृतिले आत्महत्या गरेको
न म देख्न सक्छु अचेल
न सहन सक्छे मेरी छोरी
त्यसैले
हामी दुवै मिलेर अब
जगाउनु छ एउटा दावाग्नि
र, जलाउनु छ–
आफ्नै पोल्टामा पर्ने गरि
धर्मको नाममा लेखिएका
सारा आडम्बरहरुलाई

खरानी पार्नु छ–
‘पुरूषत्व’ को
घीनलाग्दो बहादुरीलाई ।

प्रकाशित : श्रावण २८, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?