मलाई उडेरभन्दा गुडेर यात्रा गर्न खुबै मन पर्छ । विद्यार्थी छँदैदेखि म देश–देशावर घुम्ने कुरामा निकै सोख राख्थें । सन् १९७९ मा २६ वर्षे उमेरमा म नेपाल आएको थिएँ, भारत हुँदै गाडी यात्रामा ।
ठ्याक्कै तीस वर्षअगाडि बलिउडमा पाइला राखेका थिए, अक्षयकुमारले । फिल्म थियो, ‘आज’ । मुख्य भूमिकामा राज बब्बर र स्मिता पाटिल थिए, अक्षय त एकै छिन झुल्किने मात्र ।
साउन ५ गते बिहान । एउटा दुर्लभ स्पाई (जासुसी) सोभियत जहाज काठमाडौंको आकाशमा देखियो । नेपाललाई बाँकी विश्वसँग हवाईमार्ग मार्फत जोड्ने एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस बिहान ६ नबज्दै यो अवतरण हुन खोज्दै थियो, तर सकेन ।
सुख र दु:ख मान्छेको जीवनका दुई पाटा हुन् । बालकृष्ण समले लेखेका छन्, ‘दु:खीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी अझ मलाई दु:ख दे ।’ नेपालीको हकमा यो लागू भएझैं भएको छ । हरेक वर्ष नेपालीले केही न केही ठूला दु:ख भोग्नुपरेकै छ ।
सानैदेखि प्रेम परेको ‘अंग्रेजी भाषा मोह’ ले मेरो जीवनमा निकै महत्त्व राख्छ । कक्षा ४ बाट एबीसीडी सुरु हुने सरकारी विद्यालयमा पढ्दादेखि नै मेरो पहिलो प्रेम अंग्रजी भाषासँगै परेको थियो ।
हामीले अहिले पढ्ने कुरा बजारले निर्धारण गरेको छ । बुकर पुरस्कारका निर्णायकले पुस्तकको सिर्जनशीलता र नौलो लेखाइलाई ध्यान दिँदैनन् । बजारीया शैली मात्रै हेर्छन् ।
२०७४ असार ४ गते । चितवन गीतानगरस्थित घरबाट बुबाले एकै सासमा यति कुरा भन्नुभयो, ‘लौन के गर्ने ? त त्यहाँ छस् । के कसो गर्नुपर्ने हो तुरुन्तै बुझिहाल । सकेसम्म छिटो गर्नुपर्यो ।’