चिया बगानको माटोमा

कविता
स्नेह सायमि

मेरो पनि उमेर थियो
उमेरसागै सपनाहरु थिए
जस्तै—
बाबाआमाको आाखा छल्दै

मेरो पनि उमेर थियो

उमेरसागै सपनाहरु थिए
जस्तै—
बाबाआमाको आाखा छल्दै
बीच सडकमा खेलेर हिाड्ने
बिहानै आमाले लगाइदिएको
सफा युनिफर्ममा
स्कुलमा पढ्न जाने
खेल्दाखेल्दै
धुलाम्य भएर फर्कने
अलिकति उपद्रो गर्ने
साथीसाग जिस्की हिाड्ने
मीठो चकलेट खाने
बाासको बोक्रामा बसेर
घाासे भिरालोमा चिप्लेटी खेल्ने
तर ती वर्जित सपनाहरु सपनै रहे ।

जसरी खस्रा हातका औंलाहरुले
टिप्छन कलिला चियाका मुनाहरु
त्यसरी नै टिपेर त्यही र त्यस्तै सपनाहरु
चुाडेर मेरोजस्तै कलिलो बालापनहरु
राखिदिनुपर्ने रहेछ डोकोमा
र कुहाइदिनुपर्ने रहेछ यो माटोमा
पेलेर हामा्रे बैंस
बगान मालिकको मेसिनमा
प्रत्येक ढुकढुकीलाई
प्याक गरेर पठाइदिनुपर्ने रहेछ
सुन्दर बट्टाहरुमा
मीठो र सुगन्धयुक्त चियापत्ता बनाएर
कि मानिसहरु
सजिलै
सस्तोमा किन्न सकून्, पिउन सकून् ।

मेरो पनि उमेर थियो
उमेरसागै सपनाहरु थिए
आफैंसाग लाज लाग्ने
साथीसाग बात मार्ने
त्यसै त्यसै हाास्न मन लाग्ने
बिनाकारण जिस्किन मन लाग्ने
हतार–हतार कलेज जाने
आमालाई थर्काउने
बाबासाग लाडिने
रंगीन उमेरलाई
चियाबोटको कााडाले
क्षतविक्षत पारेर
रक्ताम्य बनाएको छु
कोचेर जुटका बोराहरुमा
सपनाहरु
गुन्द्रुक बनाएको छु

पठाइदिएको छु
कलकत्ताको लिलामीमा
कि मेरो बगान मालिकले
राम्रो कमाइ गर्न सकून् ।

यो सयौं वर्ष लामो
हरियो पहाडको कालो इतिहास भोगेपछि
उमेर र सपनाहरु पारि डााडामा ढल्किसकेपछि
अहिले लाग्दै छ
यो चिया बगान हो कि
मेरो चेतनाको चिहान ?
यो हरियो पहाड हो कि
बालापनको तिहाड ?
मैले बुझ्नु छ
किन गर्भमै मर्छ मेरो सपना
किन झुकेर झर्छ कञ्चनजंघा मेरो आाखामा

निस्कनु छ अलग लामो यात्रामा
अर्थात्
आजै हिाड्नु छ
चिया बगान संग्राममा ।

प्रकाशित : भाद्र ३, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?