कोसेली
भाद्र ३१, २०७४

मातृभाषीका आदर्श महाकवि सिद्धिदास

भाषा म्वा:सा जाति म्वाइ ।’ अर्थात् भाषा बाँचे मात्र जाति रहन्छ । सिद्धिदास महाजुको महान् भनाइ हो यो । आफ्नो मातृभाषाप्रति असीमित प्रेम गर्ने यिनी नेपाल भाषाका महाकवि हुन् । उनको १ सय ५० औं जन्मजयन्ती हालै मनाइयो ।

‘परिवर्तन भइनँ भने झन् ओरालो लाग्नेछु’

‘लुट’ फिल्मबाट निश्चल बस्नेतले नेपाली फिल्मलाई एउटा दिशा दिए, खासगरी मौलिकता आत्मसात् गर्ने मामलामा । तर यो ५ वर्षको बीचमा निश्चल आफैं दीशाहीन हुँदै गएको संकेत देखापरिरहेको छ ।

गल्फ नै धर्म

गल्फलाई विश्वमै सम्भ्रान्त वर्गको खेल मानिन्छ । छ पनि त्यस्तै । अध्ययन गर्नलाई बेलायत र भारत पुगेका राणा, शाहहरूले सय वर्षअघि नेपालमा गल्फ भित्र्याएका थिए । उनीहरूले नै गौचर गल्फ कोर्स बनाएका थिए । उनीहरू मोजमस्तीका लागि गल्फ कोर्स धाउने गर्थे ।

अंगुरको गुलियो कथा

अंगुर भन्नेबित्तिकै हाम्रो दिमागमा सेतो र कालो रंगको झुप्पाहरू देखापर्छन् । तर विश्वभर ८ हजारभन्दा बढी प्रजातिका अंगुर फल्छन् । तीमध्ये हामीले कति चाख्ने अवसर पाएका छौं ? सायद केही थोरै मात्रै । किनकि नेपालमा अझै पनि व्यावसायिक अंगुर खेती सुरु भएकै छैन ।

रक्सी संस्कृति

चीनमा रक्सीलाई उच्च प्राथमिकतामा राखिन्छ । चिनियाँँ संस्कृतिअनुसार पाहुनाको स्वागतका लागि रक्सी नभई हुँदैन । नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध चिनियाँ लेखक मो यानले उपन्यास नै लेखेका छन् ‘रिपब्लिक अफ वाइन’ अर्थात् रक्सीको गणतन्त्र ।

‘रजगज’ पढेपछि...

हरिबहादुर थापा नेपालको शासन व्यवस्था, भ्रष्टाचार र प्रशासनिक संस्कृतिमा कलम चलाइरहने सिद्धहस्त नाम हो । मैले छापाहरूमा उनका थुप्रै रचनाहरू पढेको छु ।

कच्चा काव्यखाना

कवितालाई बम्पर चिट्ठा पर्‍यो यसपालि । दुई–दुई सय हजार थैलीका ठूला पुरस्कार कविको बगलीमा गयो । कवि–क्लबमा उल्लास छायो भने फिक्सन–फ्याक्ट्रीमा सन्नाटा । छन्दकविले मदन पुरस्कार पाए भने पद्मश्री साहित्य पुरस्कार गैरछन्द कविले । दुवै पुरस्कार कविको पोल्टामा गएपछि कतिपयले कविता ब्युँझियो भने, कतिपयले कविता भेटियो ।

गोल बजार

केही दिनअघिसम्म प्रदेशमा चुनाव हुने नहुने कुनै ठेगान थिएन । राजनीतिमा लागेका मानिसहरू हल्ला गर्दै थिए, ‘संविधानको संशोधन गरेर जनताको जायज माग पूरा नगरी सरकारले चुनाव गरायो भने यहाँ ठूलो रक्तपात हुन्छ । पहिलो मधेस आन्दोलनको जस्तै उफान आउँछ ।’

ती दिदी, यी दिदी

दर्दके फूल भी, खिल्ते हें, बिखर जाते हेंजख्म कैसे भी हों, कुछ रोज में भर जाते हेंपीडाका फूल पनि जसरी फुल्छन्, उसरी नै वैलाएर झर्छन् । जसरी शरीरको घाउ समयक्रममा भरिएरै छाड्छ, उसै गरी मनको घाउ पनि समयसँगै निको भएर जान्छ अनि सुखजस्तै दु:ख पनि मानव जीवनमा सदाकालीन हुँदैन ।

किरातीको अदुवा साइनो

अदुवा नेपालीहरूको खानामा नछुट्ने मसला हो । तरकारी र अचारदेखि चियासम्ममा यसको प्रयोग हुन्छ । किरातीहरूका लागि भने सांस्कृतिक हिसाबले पनि अदुवा निकै महत्त्वपूर्ण छ । उनीहरूले जन्मदेखि मृत्युसम्मका सांस्कृतिक कर्महरूमा अदुवाको प्रयोग गर्छन् ।

लेकका हामी गोठाला

वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ ।

हवाइन गितारका उस्ताद

दार्जिलिङले अनगिन्ती स्रष्टा जन्मायो । दार्जिलिङ स्रष्टा, सर्जकको उर्वरभूमि नै हो । लामो सूचीमा संगीतकार प्रदीप दर्नालको नाम छुट्दैन । नेपाली सुगम संगीतका यी पाका साधकको पहिचान भने ‘हवाइन गितार’ ले बनायो ।

ADVERTISEMENT

रहस्यमयी द्वीपको रोमाञ्चक यात्रा

पूर्वीय मान्यताअनुसार पृथ्वी र यसका सम्पूर्ण प्राकृतिक स्रोत स्त्री स्वरूपमा पूजनीय छन् । यही कारण नदी, जंगल, झरना र समुद्रले जब सौन्दर्यका सम्पूर्ण किरण एकसाथ फैलाउँछन्, मलाई सानैदेखि सुन्दै आएका साक्षात अप्सरा धर्तीमा अवतरित भएझैं लाग्छ ।