१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वेश्या– पुरूष

कविता
दिनेश अधिकारी

ऊ आफू टन्न मासु–भात खान्छ
र, नवविवाहित भन्न मिल्ने स्वास्नीले
धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

ऊ आफू टन्न मासु–भात खान्छ

र, नवविवाहित भन्न मिल्ने स्वास्नीले
धेरैजसो दाल– भातमै चित्त बुझाउनुपर्छ

आकर्षक बनाउनु छ उसलाई आफ्नो शरीर
बिहान सधौ व्यायाम गर्छ
र, व्यायामपछि
दूधसाग काजु–बदाम खान्छ
दाह्री बनाउाछ, नुहाउाछ
कहाा जान्छ ऊ दिनभरि
स्वास्नीलाई केही भन्दैन
शरीरभरि पफ्र्युम छर्केर
फुर्तीका साथ बाहिर निस्कन्छ

डेरामा बसेको छ सहरमा
र, सहरजस्तै मोबाइलमा व्यस्त रहन्छ
भर्खर–भर्खरै
एउटा सेकेन्डह्यान्ड मोटरसाइकल किनेको छ
र, आफूलाई जस्तै
त्यसलाई पनि पुछ्पाछ गरेर सधैं ठीकठाक राख्छ
अपवादलाई छोडेर भन्ने हो भने
ऊ, सधैं घाम डुब्नुअगाडि नै
टुप्लुक्क डेरामा आइपुग्छ
उसैलाई मात्र थाहा छ—
व्यस्ततामा दिन बिते पनि ऊ गलेकै हुन्छ
व्यस्त हुन पाएन भने पनि ऊ गलेकै हुन्छ

उसले बुझेको छ—
निद्रा खल्बलियो भने शरीरको फुर्ती हराउाछ
ऊ सधैं फुर्तिलो रहन चाहन्छ
र, प्राय:जसो
छिमेकी कोठाको ग्यास–चुह्लोभन्दा अगाडि नै निदाउने गर्छ
पुरूष– उत्तेजनासाग खेल्न चाहन्छे
जब कुनै रात उसकी स्वास्नी
ऊ अप्ठ्यारोमा पर्छ
र, कुनै बाहना गरेर
उसलाई आफूबाट पन्छाउने प्रयत्न गर्छ
भनोस् पनि कसरी उसले आफ्नो मनको कुरा ?
स्वास्नीले खोजेको त्यो पुरूष– उत्तेजना
भोलि—
भनेकै समय र ठाउामा
उसले—
केही धनाढ्य म्यामहरुको सेवामा चढाउनुपर्छ

यसरी एउटा वेश्या– पुरूष
स्वास्नीका लागि सधैं नपुंशक बााच्छ
र, निकम्मा एउटा सरकारलाई
बेरोजगारीको समस्या समाधान गर्न
छाती फुलाएर यसरी सघाउने गर्छ ! !

प्रकाशित : भाद्र ३१, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?