घाइते हात

कविता
राजा पुनियानी

उहिलेदेखि किनारको किनारमै छ ऊ
उहिलेदेखि खोजिरहेको छ उसको हातले
समातेपछि बनाउन
बनाएपछि भत्काउन
र भत्काएपछि फाल्न

 घाइते हात

उहिलेदेखि किनारको किनारमै छ ऊ

उहिलेदेखि खोजिरहेको छ उसको हातले
समातेपछि बनाउन
बनाएपछि भत्काउन
र भत्काएपछि फाल्न

दुई खुट्टाबाट जुन दिन मान्छेले दुई हात बनाएको थियो
त्यो दिन उसले पाएको थियो
पहिलो औजार– पहिलो अनुहार– पहिलो विचार

जुन हातले उसले गिँडेको थियो जनावर
त्यही हातले आफ्नै घिच्रो च्वाट्ट चुँडाएर
गर्दनमा मेसिनको टाउको राख्नुजस्तै छ ऊ

जुन हातले उसले ताछेको थियो खलिहान
त्यही हातले आफ्नै छाला छ्वामछ्वाम ताछेर
छालाको लामो बाटो ओछ्याउनुजस्तै छ ऊ

अहिले घाइते छ
कुनै विरासती रुखको हाँगाजस्तै
कुनै तिलस्मी रातको बिरालोजस्तै
कुनै बाँझो खेतको फरूवाजस्तै
यो हात

किनारलाई नाघेर जान खोजिरहेको मान्छेले
बनाउन खोजिरहेको छ अहिले
एक जोर नयाँ हात

प्रकाशित : भाद्र ३१, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?