विश्वमा विरलै देश यस्ता छन्, जसको क्यालेन्डरमा ‘राष्ट्रिय स्वतन्त्रता दिवस’ छैन । हामी तिनैमध्येमा पर्छौ, जो कहिल्यै पराधीन भएनौं । तर नागरिक स्वतन्त्रताका लागि आफ्नै देशका शासकविरुद्ध भने हामीले पटक–पटक लड्नुपर्यो ।
नेपालमा कम्युनिस्ट विचारको बीजारोपण राणाकालमा नै भएको हो । जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिमपटक भेटघाटको अवसर दिइँदै गर्दा तिनैमध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, ‘माइला मैले उठाएको झन्डा तिमीले अगाडि बढाउनू है ।’ त्यही प्रेरणाले पुष्पलाल कम्युनिस्ट पार्टी गठनमा लागे ।
नेपाली साहित्यका पाठक पारिजातको लेखनबाट अपरिचित र अप्रभावित छैनन् । सबै खाले पाठकलाई पारिजातको साहित्य रुचाउने सुविधा छ । यस्तो सुविधा कमै मात्र लेखक पढ्नुमा हुँदो हो ।
संगीत भनौं वा कलाको कुनै पनि विधा, यी राष्ट्रियता पहिचान बोक्ने विषय हुन् । त्यसैले संगीतकर्मी, कलाकर्मी भनेका सम्पदा बराबर हुन्छन् । विकसित देशहरूले यस्तै विषयलाई प्रोत्साहन गरेर आफ्नो राष्ट्रियतालाई बलियो बनाएका हुन्छन् ।
इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।
देशमा राजनीतिक उथलपुथल धेरै भइसक्यो । कुनै बेला अपरिवर्तनीय लाग्ने राजतन्त्र ढलिसक्यो । हामी संघीय गणतन्त्रका नागरिक बनेका छौं हामी । महिला राष्ट्रप्रमुख पाएका छौं । आधा आकाशका निम्ति ठूलो विजय नै हो यो ! तर यहाँसम्मको यात्रा कसरी तय भयो ?
रामनारायण मिश्रलाई आस्थाको प्रतीक मान्नेहरूको ठूलो जमात छ । उनको जीवनकहानी, उनका विचार, उनका जीवनमूल्यलाई हेरेका, बुझेका र सुनेकाहरूमा उनीप्रति दह्रिलो आस्था विकसित हुन्छ र आन्तरिक ऊर्जा प्राप्त हुन्छ ।
नेपाल गणतन्त्र भएको एक दशक पार हुँदै छ । मलाई अहिले पनि त्यो दृश्य झलझली याद हुन्छ— २०६५ जेठ १५ गते रातको १० बजिसकेको थियो, संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि नेपाल विधिवत् गणतन्त्रमा प्रवेश गर्यो ।
झट्ट हेर्दा राजा महेन्द्रलाई सम्झिराख्नुपर्ने विशेष कारण देखिँदैन । उनको एकोहोरो आज्ञा–आदेश जारी गर्ने स्वभाव, छलफल हुँदा नियन्त्रणमुखी चरित्र, अन्तरक्रिया गर्दा प्रभुत्वपरक दृष्टिकोण, स्वतन्त्र रूपमा नीति तथा कार्यक्रम लागू गर्न खोज्ने प्रवृत्ति, आफैं हरेक कुराको सुपरिवेक्षण गर्ने चाहना— यी सबै महेन्द्रका विशेषताहरू थिए ।
क्रान्तिको इतिहास हेर्दा विद्रोह जहिले पनि शासक वर्गभित्रबाटै हुन्छ । हामीकहाँ पनि त्यस्तै भएको छ । गणेशमान सिंह भारदार परिवारका थिए । टंकप्रसाद आचार्यका बाबु पनि बडाहाकिम थिए ।
कित जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै जनताका घरदैलोमा क्रान्तिको स्वर घन्काउँदै जाने भीमदत्त पन्तको जन्म १९८३ साल मंसिर १० गते भएको हो, साँझ अँध्यारो छिप्पिइसकेपछि ।
प्रत्येक युग र देशका आ–आफ्नै आधुनिकता हुन्छन् वा हुन सक्छन् । नेपालको आधुनिकता ईस्वी संवत् १९३० र ४० को दशकमा सुरु भएको थियो, जसको राजनीतिक उत्कर्ष २००७ सालमा प्राप्त प्रजातन्त्र थियो । लोकतन्त्र भनेको फगत एउटा राजनीतिशास्त्रले दिएको शासकीय स्वरूप हैन ।
भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्क रह्यो ।
नेपालको इतिहास लेखनको क्षेत्रलाई धेरै अगाडि बढाउने व्यक्तिको नाम हो— नयराज पन्त । नयराज गुरु नभएका भए नेपाली इतिहास लेखनको अवस्था के हुन्थ्यो, यसै भन्न सकिन्न । उनी नभएका भए सायदै अरू कुनै व्यक्तिले इतिहासका तथ्यहरू खोजी त्रुटि सच्चाउने थिए ।
२०६२–६३ सालको लोकतान्त्रिक आन्दोलनपछि नेपाली समाजको रूपान्तरणबारे चर्चापरिचर्चा चल्न थाल्यो र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूको समय सान्दर्भिकताबारे पनि प्रश्न उठे— के देवकोटा र उनका कृति अहिले पनि सान्दर्भिक छन् ?
बर्दियाको गुलरिया नगरपालिकाको बीच चौराहमा एउटा सालिक छ । अर्धकदको सालिकको इतिहासबारे धेरै बेखबर छन् । त्यसको कथा खोतल्दै जाने हो भने त्यो प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणसम्म तन्किँदै जान्छ, राणा शासनसम्म ।
बिक्रम संवत् १९९१ मा तत्कालीन श्री ३ जुद्धशमशेरको टोली नेपालको पूर्वी क्षेत्रको भ्रमण (दौडाहा) थियो । उनी हालको सुनसरीमा एक क्याम्पमा बसेका थिए । त्यहाँ एक दिन उनलाई विभिन्न आकर्षक सामग्रीसँगै फलफूल, काजु–किसमिस, कागजी बदाम, खजुर आदिसहितको उपहार–भेट प्राप्त भयो ।
हाम्रो देशमा अचेल कुनै पनि सामाजिक कार्यका लागि दातृ निकायको मुख ताक्नैपर्ने प्रचलन बस्दै गएको छ । काम सानो होस् कि ठूलो, त्यसका लागि स्थानीय स्तरमै सम्पूर्ण आर्थिक सहयोग जुट्न असम्भवप्राय: हुँदै गएको छ ।
महागुरु फाल्गुनन्द समाज सुधार, शान्ति र एकताका एक प्रतीक हुन् । तत्कालीन समाजमा व्याप्त विकृत संस्कार र परम्परा सुधार्न महान् अभियान थाल्ने सम्मानित व्यक्तित्वका रूपमा उनी स्थापित छन् ।
नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहकै समकक्षमा कसैको योगदान छ भने उनी हुन्— भानुभक्त आचार्य । अझ भन्ने हो भने, पृथ्वीनारायणले भौगोलिक रूपमा नेपालीहरूको एउटा ‘देश’ निर्माण गरे, जो त्यसपछि फैलिंदै–खुम्चिंदै अहिलेको अवस्थामा छ ।
देश र जनताको हितका लागि आफ्नो जिवनको कुनै पर्वाह नगरी नेपालका केही वीर सपूतहरूले हाँसीहाँसी फाँसीको माला पहिरिएर जीवन उत्सर्ग गरेका छन् । तिनैको बलिदानका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।
रणबहादुर शाहकी कान्छी ल्याइते कान्तवती सुवर्णप्रभाका जेठा छोरालाई हटाएर आफ्नो शिशु छोरालाई राजा बनाउन सफल भइन् । तर तिनै रानी मरेपछि भताभुंगे जोगी राजा रणबहादुरले लथालिङ्गे चाला गर्दागर्दै आफू पनि सिद्धिए, भीमसेन थापालाई सबै भाइभारदार सिध्याएर सर्वशक्तिमान् शासक हुने अवसर पनि दिए ।
नेपालको इतिहासको अध्ययन गर्दै जाँदा धेरै व्यक्तिहरू महत्त्वपूर्ण पात्रका रूपमा अगाडि आउने गर्छन् । पहिले–पहिले राजा–महाराजहरूको मात्र इतिहास लेख्न चलन थियो । आजभोलि आम जनताको पनि इतिहास लेख्ने चलन सुरु भएको छ । जनताबाट पनि उत्तिकै महान् व्यक्ति अगाडि आइरहेका छन् ।